सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

धारणा न्यूज by धारणा न्यूज
५२ मिनेट अगाडि
0
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा ६ दिनदेखि आमरण अनशनमा बसेको जनाए ।

उनले भने, ‘जेनजी आन्दोलनका घाइतेहरुले उपचार, क्षतिपूर्ति र दिर्घकालिन व्यवस्थापनको माग राख्दै ६ दिनदेखी झापामा अनशन सुरु गरेका छन्। पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भिर घाइते भएका जेनजी युवाहरु परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायत माग राखी आमरण अनशनमा बसेका हुन्।’

उनले पेटमा गोली लागेका तथा आन्दोलनका क्रममा गम्भीर घाइते भएका जेनजी युवाहरूले परिचयपत्रको व्यवस्था र निःशुल्क शिक्षालगायत माग राख्दै अनशन सुरु गरेको जनाए ।

पाठकले झापामा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गोपाल सेढाई र दिनेश राजवंशीको मृत्यु भएको तथा १०८ जना घाइते भएको बताए। घाइतेमध्ये ४३ जनाले मात्रै परिचयपत्र पाएको उनको धारणा छ।

उनले भने, ‘झापामा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागि गोपाल सेढाई र दिनेश राजवंशीको निधन भएको थियो। १०८ जना घाइते भएका थिए। घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएका छन्।’

उनले एउटै आन्दोलनमा मृत्यु भएकालाई सहिदको दर्जा दिइँदा घाइते तथा मुद्दा खेपिरहेका युवाको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने जनाए ।

एउटै आन्दोलनमा निधन भएकाहरू सहिद र बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् भन्दै उनले प्रश्न गरे।

उनले भने, ‘एउटै आन्दोलनमा निधन भएकाहरु सहिद र बाँचेकाहरु अपराधी कसरी हुन सक्छन् ? जेनजी आन्दोलनलाई राजनैतिक आन्दोलनका रुपमा स्वीकार गरेर घाइते तथा मुद्दा लागेका युवाहरुलाई ढाडस दिन सरकार किन सकिरहेको छैन ?’

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै घाइते तथा मुद्दा खेपिरहेका युवालाई सरकारले आवश्यक सहयोग र ढाडस दिनुपर्नेमा उनले जोड दिए। जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपेकाहरूले तत्काल न्याय पाउँछन् कि पाउँदैनन् उनले सरकारसँग प्रश्न गरे।

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

३४ मिनेट अगाडि
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक