बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हमासले आज ६ जनालाई बन्धकमुक्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
हमासले आज ६ जनालाई बन्धकमुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ।

इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।

शनिबार बन्धकमुक्त ६ जना नै पुरूष छन्।

३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।

उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै  हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।

त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो।

बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो।

उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ।

हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।

हमासले यसअघि २६ जना बन्धक छाडिसकेको छ भने इसराइलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ।

बिहीबार हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर चार जनामध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो।

यसले युद्धविराममा फेरि तनाव उत्पन्न गराएको थियो। इसराइली अधिकारीहरूले जसको भनिएको हो उसकै शव पठाउन हमासलाई चेतावनी दिएको छ।

पहिलो चरणको युद्धविराम अन्तर्गत बन्धक मुक्त गर्ने भनिएको ३३ मध्ये अब तीन जना मात्रै बाँकी रहनेछन्। इसराइलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता थियो। पहिलो चरणको युद्धविरामको बीचमा दोस्रो चरणको युद्धविराम गर्न मध्यस्तकर्ताहरूले छलफल गर्ने भनिएको थियो।

माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

१ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

वित्तीय संस्थाले कर्जामा ५० लाखसम्मको अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक