खोटाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वराहपोखरी गाउँपालिका-३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।