आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बालेनलाई थप बलियो बनाउँदै छन् ओली ! 

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
-जानकी पाण्डे,
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएसँगै बालेन सधैं चर्चामा छन् । आफ्नो काम तथा अभिव्यक्तिका कारण उनी चर्चामा आउने गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर चुनावमा प्रतिस्पर्धा गरी मेयर निर्वाचित भएका बालेनको नयाँपुराना दलका शीर्षस्थ नेतासँग तुलना हुने गरेको छ । पुराना राजनीतिक अभ्यास र प्रणालीविरुद्ध खरो रुपमा उत्रिएका बालेनको विशेषगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध पानी बाराबारकै अवस्थामा पुगेका छन् । बालेनले पछिल्लो समय एमाले र प्रधानमन्त्री ओलीको गतिविधिको विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले पनि बालेनलाई बलियो हुने गरी गतिविधि गर्दै आएका छन् । पछिल्लो उदाहरण हो, नाबालिकालाई घरेलु कामदारका रुपमा राख्ने र हिंसा गरेको आरोप लागेकी एमाले नेतृ सांसद रेखा शर्मा उन्मुक्ति दिने सरकारको कदम । आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी शर्मालाई सरकारले उन्मुक्ति दिन लागेको छ । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि सरकार वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाने निर्णय गरेको हो । जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ । महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको छ । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् । गठ जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो । बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बालेन शाहले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए । महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो ।
महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो । शर्मालाई उन्मुक्ति दिने सरकारको कदमको बालेनले फेसबुकमार्फत आलोचना गरेका छन्, जसलाई थुप्रै सर्वसाधारणले समर्थन गरेका छन् । यसले एमाले तथा ओलीप्रतिको आलोचनामा थप बल मिलेको छ भने बालेनप्रति समर्थन झनै बढाएको छ । यसअघि, बालशोषण गरेको आरोप लागेकी एमाले नेतृलाई कारबाही नगरेकोमा पनि बालेनले आपत्ति जनाउँदै आएका थिए । उक्त नेतृलाई संरक्षण गरेको भन्द बालेनले ओलीको आलोचना गरेका थिए । यही कारणले सामाजिक सञ्जालमा दुवै नेताका समर्थकले एक अर्कालाई अनफलो गर्ने अभियान नै चलाएका थिए । यस्तै, बालेनले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेकोसमेत जनाएका छन् । सरकारले विभिन्न बहाना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले जनाएका थिए । ‘५० औं वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा बोल्दै मेयर शाहले भनेका थिए, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन ।’ यद्यपि, काठमाडौंको मेयर निर्वाचित भएलगत्तै बालेनले ओलीसँग भेट गरेका थिए । त्यतिबेला ओलीले बालेनलाई तबला उपहार दिएका थिए ।
इन्जिनियर तथा ¥यापरसमेत रहेका बालेनलाई सांगीतिक झुकाव देखेर तबला उपहार दिएको ओलीले बताएका थिए । २०७९ असारको उक्त भेटपछि दुवै नेताबीच सम्बन्ध सुमधुर हुनुको साटो झन्झन् बिग्रँदै गएको देखिन्छ । अहिले त दुवै पक्षबीच पानीबाराबारको जस्तो अवस्था देखिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली पुराना तथा शीर्ष नेता हुन् । बालेन भने युवा नेता । तर, यी दुईमा मनमुटावको अवस्था किन आयो ? खासगरी काठमाडौं महानगरमा एमालेका जनप्रतिनिधिका कारण आफूले काम गर्न नसकेको बालेनले महसुस गर्दै आएका छन् । अर्कोतर्फ काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन नदिएको र उल्टै एमालेले संरक्षण दिएको पनि आरोप बालेनको छ । पछिल्लो समय नदी किनारका बस्तीका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसलाको विषयमा पनि यी नेता आमनेसामने भएका थिए । ओली पाका पुस्ताका नेता हुन् बालेन युवा । बालेनका कारण युवाले राजनीतितर्फ पनि चाख बढाएका छन् । यस्तो अवस्थामा यी दुई नेता मिल्न सकेमा त्यो देश र जनताको भलाइमा हुने थियो । ओलीले युवा नेताको रुपमा बालेनको समर्थन गर्न सके उनको पनि हालसम्मको राजनीतिक यात्रा अझै प्रभावकारी र सफल हुने थियो । त्यसैले विरोधभन्दा पनि मेलमिलापको वातावरण सृजना गर्न जिम्मेवार पक्ष लाग्नुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

७ घण्टा अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक