शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

विश्वमा प्रत्येक आठ जनामध्ये एक मोटो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विश्वमा प्रत्येक आठ जनामध्ये एक मोटो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्वमा प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

द लान्सिट जर्नलमा प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क अनि १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ।

सन् १९९० को तुलनामा बालबालिकामा मोटोपना हुने दर चार गुनाले अनि वयस्कहरूमा दुई गुनाले बढेको अनुसन्धानले देखाएको छ। मोटोपना बढेको उच्च गतिप्रति अनुसन्धानकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन्।

वजन धेरै भएका मानिसहरूको अनुपात अमेरिकामा कुल जनसङ्ख्याको ४० प्रतिशत पुगिसकेको छ। क्यारिबिअन तथा प्यासिफिक क्षेत्रका टापु देशहरूमा जनसङ्ख्याको ६० प्रतिशत मानिसमा मोटोपनाको समस्या देखिएको बताइएको छ।

सबभन्दा धेरै मोटोपना भएका महिला टोङ्गा र अमेरिकन समोआमा अनि पुरुष चाहिँ अमेरिकन समोआ र नाउरुमा पाइएका छन्। ती देशमा ७०(८०५ वयस्क मानिसहरूमा मोटोपना छ।

द लान्सिटमा प्रकाशित अध्ययनअनुसार पुरुषहरूमा मोटोपनाको अनुपात हेर्दा संयुक्त राज्य अमेरिका विश्वमा दशौँ स्थानमा रहेको छ भने महिलाहरूको हकमा ३६औँ स्थानमा छ। उक्त सूचीमा पुरुषहरूमा कम मोटोपना भएका देशहरूमध्ये भारत २१औँ अनि चीन ५२औँ स्थानमा छन्। महिलाको हकमा भारत १९औँ अनि चीन ११ औँ स्थानमा छन्।

वरिष्ठ अनुसन्धानकर्ता तथा इम्पेरिअल कलेज लन्डनका प्रा मजिद इजाटीले बीबीसीसँग भनेस् “यी कैयौँ टापु देशहरूमा स्वास्थ्यकर एवं अस्वास्थ्यकर खानाको उपलब्धता मुख्य विषय देखिएको छ।” “कतिपय ठाउँमा स्वास्थ्यरक खानाको लागत र उपलब्धतामा समस्या भए पनि अस्वास्थ्यकर खानाको आक्रामक विज्ञापन भएका पाइन्छ ।”

संसारभरिका वर्षौँको तथ्याङ्क अध्ययन गरिरहेका प्रा इजाटीले मोटोपना फैलिएको गतिले आफू छक्क परेको बताए। अहिले धेरै देशका निम्ति मोटोपना समस्या बन्दै गएको छ भने कम वजनका समस्या झेल्ने देशहरूको सङ्ख्या चाहिँ घट्दो छ।

कम वजन वा कुपोषण भएका वयस्कहरूको सङ्ख्या करिब ५० प्रतिशतले घटेको अनुसन्धानमा उल्लेख छ। तर पनि केही गरिब समुदायमा कम वजनको समस्या गम्भीर रहेको उसले औँल्याएको छ।

डब्ल्यूएचओसँगको समन्वयमा १,५०० अनुसन्धानकर्ताहरूले विश्वभरिका पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको वजन र उचाइ अध्ययन गरेर उक्त प्रतिवेदन बनाइएको हो। उनीहरूले वजन र उचाइको अनुपात नाप्ने ‘बडी मास इन्डेक्स’ (बीएमआई) को प्रयोग गरेका थिए।

— बीबीसीबाट

यो पनि पढ्नुहोस्

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने  बुलेट !

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने बुलेट !

४ हप्ता अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

४ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक