काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् ।
धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् ।
भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए ।
लामो समयको कठिन यात्रापछि पशुपतिनाथ पुगेपछि यादव निक्कै खुशी देखिन्थे । पशुपतिमा उनलाई दर्शनार्थी तथा स्थानीयले चासोका साथ हेरेका थिए ।
असम्भव जस्तै लाग्ने यो यात्रा उनको धार्मिक विश्वास, दृढ इच्छाशक्ति र समर्पणका कारण आज पूरा भएको छ ।


