काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार गत आवको सोही अवधिको खुद नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।
वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् सिटिजन लाइफको खुद प्रिमियम आम्दानी ३ अर्ब १८ करोड छ । यसअघि २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।
आम्दानी बढेसँगै सिटिजन लाइफको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ पुगेको छ । यसअघि ६.६० रुपैयाँ थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।