सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व अन्तरधार्मिक सप्ताह : विविधतामा एकता र शान्तिको सन्देश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व अन्तरधार्मिक सप्ताह : विविधतामा एकता र शान्तिको सन्देश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व अन्तरधार्मिक सप्ताहको अवसरमा माघ २७ गते आइतबार युनिभर्सल पिस फेडरेशन नेपालद्वारा आयोजित विशेष कार्यक्रममा विभिन्न धर्मगुरुहरूले अन्तरधार्मिक सद्भाव, आपसी समझदारी र विश्व शान्तिलाई प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

कार्यक्रममा नेपालका विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सबैलाई विश्व अन्तरधार्मिक सप्ताहमा स्वागत गर्दै अन्तरधार्मिक सभा र सम्मेलनलाई विशेष प्राथमिकता दिनुपर्ने जनाए। उनले धार्मिक समुदायहरू प्रतिस्पर्धी नभई एकअर्कालाई सम्मान गर्ने भावना राख्नुपर्नेमा जोड दिए। “हामी सबै राष्ट्रवादी हुनुपर्छ, संस्कृतिलाई सद्भावसहित सम्मान गर्नुपर्छ,” उनले भने। साथै, सह-आयोजक संस्था शान्ति र विकासका लागि अन्तरधार्मिक संघ (IAPD) लाई पनि धन्यवाद दिए।

डा. नरेंद्र पाण्डेले युनिभर्सल पिस फेडरेशनले लामो समयदेखि अन्तरधार्मिक संवादलाई विशेष महत्त्व दिँदै आएको बताए। उनले “अन्तरधार्मिक सप्ताहले मानिसहरूलाई नजिक ल्याउने र समाजमा कलह तथा हिंसा न्यूनीकरण गर्न मद्दत गर्छ” भन्ने धारणा व्यक्त गरे।

हिन्दू धर्मका मन्त्रहरूको उदाहरण दिँदै अच्युत सुवेदीले सत्संगत र सहकार्यको महत्त्वबारे चर्चा गरे। उनले सबैले मिलेर सहकार्य गर्नुपर्नेमा विशेष जोड दिए।

ओशो धाराकी आचार्य नम्रता पाण्डेले शान्तिको सन्देश प्रस्तुत गर्दै “शान्ति भनेकै हरेक व्यक्तिमा अवस्थित एक तत्व हो, धर्म भनेको मार्ग हो, लक्ष्य हो, त्यसैले हामी सबै मिलेर अघि बढ्नुपर्छ” भन्ने धारणा राखिन्।

क्रिश्चियन धर्मका अगुवा तुलसी प्रसाद श्रेष्ठले अन्तरधार्मिक आयोगको आवश्यकता औंल्याउँदै समान हकअधिकारको सुनिश्चितता गर्नुपर्ने जनाए।

अन्तरधार्मिक सञ्जालकी अभियन्ता शेख नाइदाले “नास्तिकता फैलाउने तत्वलाई हटाउन आवश्यक छ” भन्ने धारणा व्यक्त गरिन्।
सनातन धर्मका प्रतिनिधि रामचन्द्र भण्डारीले नेपाल धार्मिक रूपमा धनी भए पनि मानसिकता परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सनातन धर्मको मौलिक अध्ययनलाई प्रोत्साहन गर्नुपर्ने जनाए।
जैन धर्मका अगुवा नमन उपाध्यायले शान्ति र सद्भाव सबैको साझा चाहना भएको बताउँदै अन्तरधार्मिक विचारलाई जीवनशैलीमा समावेश गर्नुपर्ने धारणा राखे।

भिक्षु धर्म मूर्तिले अन्तरधार्मिक संवादको परिधि अझ फराकिलो बनाउनु आवश्यक रहेको बताउँदै “हाम्रो समुदायलाई यस अभियानमा समावेश गर्नुपर्छ” भन्ने धारणा व्यक्त गरे।
नारायण प्रसाद गजुरेलले “धर्मले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ” भन्दै नयाँ पुस्ताको धर्मप्रति चासो घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले धर्मको सही अभ्यास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी धर्मगुरुहरू तथा प्रतिनिधिहरूले विविधतामा एकता कायम गर्दै अन्तरधार्मिक सद्भावलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका उद्घोषक तथा आयोजक संस्थाका अध्यक्ष सन्तोष कुमार पौडेलले “सबै धर्मका अगुवाहरू मिलेर यस्ता अन्तरधार्मिक कार्यक्रम निरन्तर गर्नुपर्छ” भन्ने शुभेच्छा व्यक्त गरे।
कार्यक्रम संयोजक डा. पिया रत्न महर्जनले नेपाल मात्र नभई विश्वभर नै अन्तरधार्मिक एकता प्रवर्द्धन गर्न सधैं प्रतिबद्ध रहने बताउँदै सबै सहभागीहरूलाई धन्यवाद दिए।

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

८ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक