काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ । शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।