काठमाडौं, २१ माघ दोलखा, मेलुङ गाउँपालिका-६ निगाश्री बस्ने ७५ वर्षीय मान बहादुर खत्रीको घर र उनकै छोरा बिष्णु बहादुर खत्रीको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा दुबै घर पूर्णरूपमा जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नुवाकोट, शिवपुरी गाउँपालिका-६ खोलेगाउँ बखतीटोल बस्ने सिताराम बखतीको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २४ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
जुम्ला, चन्दननाथ नगरपालिका-३ सिमखडा बस्ने खिम प्रसाद उपाध्यायको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धर्म प्रसाद उपाध्यायको घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।