काठमाडौं । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन्। कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।
इन्सपेक्टर बाबुराम बस्नेतका अनुसार उनीहरुकाे अन्दाजी ११ बजेकाे समयमा मृत्यु भएकाे हाे। उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन्। बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा रहेकाे बस्नेतले जानकारी गराए ।
आफूहरुलाई खबर आएपछि १ बजे प्रहरी टाेली त्यहाँ पुगेर अनुसन्धान गरिरहेकाे उनकाे भनाइ छ। घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको छैन्।