१८ पुसदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दै छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू- महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशमा पुस महिनामा उक्त शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा मकवानपुरको हेटौँंडा उपमहानगरपालिका-११ स्थित सरस्वती टोल हलमा १८ पुसमा, मधेश प्रदेशमा बाराको कलैया उपमहानगरपालिका-१, स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशको पर्वतको मोदी गाउँपालिका-१ स्थित भुक स्वास्थ्य चौकीमा २० पुसमा, कोशी प्रदेशको मोरङको विराटनगर महानगरपालिका-१२ स्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा २१ पुस, लुम्बिनीको रुपन्देहीको सैनामैना नगरपालिका-११ स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा २३ पुसमा, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा २६ पुसमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको गोदावरी नगरपालिका-८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा २८ पुसमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड-२०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स-२०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो ।