काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १ सय ५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १ सय ४९ रुपैयाँ पर्ने भएको छ।