आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी र टे«जररहरुले निर्वाह गर्नुपर्ने भूमिका, पदीय जिम्मेवारी र क्लबलाई उत्कृष्ट बनाउन के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । स्कुलिङ कार्यक्रममा ६० भन्दा बढी क्लबका २३० भन्दा क्लब अफिसर्सहरुको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले विश्वमा नेपालका लायन्स सदस्यहरुले गरेको सेवा कार्यहरुको सधैं चर्चा हुने गरेकाले यसलाई निरन्तरता सक्रियता कायमै राख्नुपर्नेमा जोड दिए ।

लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफ्नो थिम सेयरिङ ह्याप्पिनेसको बारेमा र आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिइन् । थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथै उनले विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन क्लबका पदाधिकारीहरुलाई आग्रह गरिन् । कार्यक्रममा उनलाई मल्टिपल भाइस चेयरम्यानमा निर्वाचित भएकोमा बधाई सहित सम्मान पनि गरिएको थियो ।

पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर लायन ध्रुब थापाले क्लबले आगामी वर्षमा प्राप्त गर्ने विभिन्न अवार्डहरुको बारेमा जानकारी दिए । उनले सहभागीहरुलाई लायन्स क्लबका बारेमा विभिन्न प्रश्नहरु सोध्दै क्विज कन्टेष्ट गराए ।

लायन वर्ष २०२४÷२५ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ले क्लबका भाइस प्रेसिडेन्टहरुलाई, क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले क्लबका सेक्रेटरीहरुलाई र ट्रेजरर लायन कल्पना थापाले क्लबका ट्रेजररहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उपस्थित वर्ष २०२३÷२४ का डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, मल्टिपल चिफ एडिर अनन्त भेटवाल, लायन वर्ष २०२४÷२५ का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, पिआरओ चिफ लायन रामराजा थापाले क्लबका पदाधिकारीहरुलाई सेवा कार्य बढाउन, सक्रिय भएर कार्य गर्न हौसला प्रदान गरेका थिए ।

बागमती एरियाका लायन्स लिडरहरुलाई डा. रबिन कटुवालले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिएका थिए । उनले लायन्स सदस्यहरु अरु भन्दा किन भिन्न हुन्छन् भन्ने बारेमा उत्प्रेरक प्रस्तुतीकरण दिए । लायन राजेन्द्र सुवेदीले क्लबलाई कसरी स्थायी बनाउने भन्ने जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता गरेका बागमती एरियाका चिफ लायन शितल प्रसाद शर्माले डिष्ट्रिक्ट गभर्नरको लक्ष्यलाई पूरा गर्न आफ्नो एरियाका क्लबहरुलाई आग्रह गरे । प्रशिक्षणमा उपस्थित विभिन्न क्लबका पदाधिकारीहरुले आगामी वर्षका लागि जनाएका प्रतिबद्धताका आधारमा उत्कृष्ट ६ वटा क्लबलाई अवार्ड पनि प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे  डाेजर

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

११ घण्टा अगाडि
प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम ८ डिसेम्बरमा मनाउने

तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

कामपामा जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक