शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘मार्क्स र लेलिनन्को सिद्धान्तले नेपाल बनेन त्यसैले ‘कान्ट’को विचार लागु गरौं’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘मार्क्स र लेलिनन्को सिद्धान्तले नेपाल बनेन त्यसैले ‘कान्ट’को विचार लागु गरौं’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वतन्त्रका लागि पहिलो पटक सैद्धान्तिकरुप दिने जर्मन दार्शनिक इमानुएल कान्टलाई तीन सय वर्षपछि नेपाली समाजमा चर्चाको सुरुवात भएको छ । सोमबार राजधानीको संवाद डबलीमा कान्टको विषयमा चर्चा गर्दै वक्ताहरूले कार्ल माक्सलाई सम्मान गरिरहँदा नेपाली समाजले जर्मन दार्शनीक इमानुएल कान्टलाई पनि बुझ्न जरुरी रहेको धारणा राखेका छन् ।

एक्टिभ एक्याडेमी कलेजको समाजशास्त्र विभागले आयोजना गरेको ‘स्वतन्त्रताका ३ सय वर्ष र इमानुएल कान्ट’ विषयक  अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.गोपीलाल न्यौपानेले मानवमा समानता र स्वतन्त्रताको विषयलाई सैद्धान्तिक गर्ने कान्टलाई पनि भुल्न नहुने बताएका छन् । कान्टले मानिसका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्नुलाई स्वतन्त्राकोरुपमा व्याख्या गरेको बताउँदै न्यौपानेले प्रश्न गरे,“के नेपालमा माकर््सको सिद्धान्तले, लेनिनको आवाजले के नेपाली जनताले त्यसको पूर्ण प्राप्ति गरेका छन् ?” जसलाई पूरा गर्न राज्य चाहिन्छ भनेर ३ सय वर्ष पहिले नै कान्टले भनेको कुरालाई स्मरण गर्दै भने,“ती आवश्यकता तानाशाही राज्यले पनि पुरा गर्न सक्छ, नागरिकलाई गाँस,बास,कपाससँगै बोल्न अनि साशकहरुले सुन्नेसम्मको स्वतन्त्रता भए मात्रै पूर्ण स्वतन्त्रता हुन्छ, के नेपालमा त्यो छ त, त्यसैले नेपालमा कान्टीय बिचार चाहिन्छ ल्याउनु प¥यो ।”

यसरी नेपाली विश्वविद्यालय,स्कुल कलेजमा यस्ता सैद्धान्तिक बहसहरूको खडेरी  परेको बेला एक्टीभ कलेजले बौद्धिक बहसको सुरुवात गरेकोमा डा.न्यौपानेले कलेजलाई धन्यवादसमेत दिएका छन् ।

त्यसै गरी डा.विजय मिश्रले राजनीतिक,नैतिकता,मेटा फिजिक्स(तत्वमीमांसा) मुख्य  तीन सिद्धान्तको प्रतिपादन गरेका कान्ट गणित,विज्ञान लगायतका विषयमा पनि दक्खल राख्ने बहु आयामिक क्षमता भएका व्यक्ति भएको बताए । कान्टको सिद्धान्त  अनुसार नेपालमा समानता,समानुपातिकता,धार्मिक स्वतन्त्रताका लागि धर्मनिरपेक्षता ल्याए पनि त्यो पूर्ण नभएको बताउँदै भने,“जनतालाई भ्रममा पारेर अन्ततोगत्वा आम जनतालाई आफ्नो नियन्तरण गर्ने खालको छ ।”

कान्टले नैतिकताको कसीमा रहेर राजनैतिक मूल्य,मान्यता र कर्तव्यको अनुशासनमा रहेर शासन–सत्ता चलाउँदा मानव समाजले न्याय वा स्वतन्त्रता प्राप्त गर्ने भने पनि नेपालमा त्यस्तो नभएको बताउँदै मिश्रले भने,“जुन जोगी आए पनि कानै चिरेको, जस्तैः प्रचण्ड,केपी ओली, रवि लामिछानेहरूले त्यसको उल्लङघन गरेकाले कान्टलाई पढ्ने प¥यो ।”

सो कलेजमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत विगेन्द्र सिं वाईवाले कार्ल मार्क्सलाई साम्यवादी धारको प्रवर्तकको आधार मानेका नेपाली   कम्युनिस्टहरूले उनै सरहका जर्मनकै दार्शनिक कान्टको विषयमा जान्न जरुरी रहेको धारणा व्यक्त गरे । सो कार्यक्रमको सभापतित्व विनोद डाँगीले गरेका थिए भने नर्मदा थापाले सञ्चालन गरेकी थिइन् ।
को हुन् इमानुएल कान्ट र उनको योगदान के हो ?

आजभन्दा ३ सय वर्ष पहिले जर्मनमा जन्मेका जीवनभर अविवाहित इमानुएल कान्टले अध्ययन,अध्यापन र सैद्धान्तिक खोजमा पूरा जीवन बिताएका थिए ।

कान्टले पहिलो नैतिकता के हो ? नैतिकवान कसरी बन्न सकिन्छ, दोस्रो राजनैतिक क्षेत्रमा स्वतन्त्रताको बारेमा कुरा गरेका छन् जसमा उनले हरेक नागरिक वा प्रत्येक व्यक्तिले हर आवश्यकता परिपूर्तिदेखि लिएर बोल्ने–सुन्नेसम्मको स्वतन्त्रता राज्यले प्रत्याभूति सक्ने व्याख्या गरिएको छ र  तेस्रो मेटा फिजिक्स (तत्वमीमांसा) अर्थात् ज्ञान प्राप्त गर्न सकिन्छ त ? प्राप्त हुन्छ भने कसरी हुन्छ त ? विगत र वर्तमानमा ज्ञान अनुभववाद र बौद्धिकता अर्थात् मानव इन्द्रीयहरुका आधारमा ज्ञान प्राप्त गरिन्छ । कान्टले यी दुवै तरिका मूलतः मानव मस्तिष्क वा दिमागमा आधारित विधिलाई अस्वीकार गर्दै त्यसबाट पूर्ण ज्ञान प्राप्त नहुने उनको बिचार थियो । तर कुनै मानिसले फाइदा बेफाइदा,हानि या नोक्सानी या परिणामको हिसाब नराखी, निस्वार्थ भावले नैतिकता र कर्तव्यलाई केन्द्रमा राखेर कार्य गरेको खण्डमा ज्ञान प्राप्तिको सम्भावना रहने उल्लेख छ । यसरी यी तीन मूल सिद्धान्तलाई विश्वका कयौँ दार्शनीकहरुदेखी कार्ल मार्क्सले समेत उनको सैद्धान्तिक पृष्ठभूमि पकडेको समालोचकहरूको कथन छ ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक