शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कतारका राजाको भ्रमणले नेपाली श्रमिकहरूको हितका लागि महत्वपूर्ण हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कतारी अमिरको नेपाल भ्रमण सफल तुल्याउन सुरक्षा व्यवस्था चुस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको ऐतिहासिक भ्रमणले कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि महत्वपूर्ण आयाम हुने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरअल थानीले आज मंगलबारदेखि दुईदिने नेपालको राजकीय भ्रमण मंगलबार अपराह्न काठमाडौं आइपुग्दै छन्।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा हामी कतारमा रहेका सम्पुर्ण नेपालीहरु यस कार्यको सफलताको कामना गर्दछौं,दूतावासले जनाएकाे छ ।

अमिरको यो ऐतिहासिक राजकीय भ्रमणले नेपाल र कतारबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि पनि महत्वपूर्ण आयाम हुने विश्वास लिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमिर अल थानीलाई अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन्।

अमिरले आजै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नेछन् भने राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन। बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयक अनुसार दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

खाडी मुलुकबाटै पहिलो पटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरुको प्रमुख गन्तब्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा बैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने बिश्वास लिईएको छ। अमिरको स्वगत गर्न कतारका लागि नेपाली राजदूत डा नरेश विक्रम ढकाल,एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायतका व्यक्तिहरु काठमाडौं आइपुगिसकेका छन्।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

३२ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक