शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमिरको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कतारका राजा नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ ।

पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ ।

भ्रमणका क्रममा केही महत्त्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत हुने बताइएको छ । सरकारले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरको भ्रमणलाई देशभित्र र बाहिरसमेत असाध्यै महत्वका साथ लिइएको छ ।

पछिल्लो समय नेपालीको श्रम गन्तव्यका रूपमा परिचित कतारले भौतिक पूर्वाधार, सूचना प्रविधि, नागरिक उड्डयनका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताइएको छ । कतारले नेपालको ऊर्जा क्षेत्र त्यसमा पनि स्वच्छ ऊर्जामा लगानीका लागि इच्छा व्यक्त गरेको छ । त्यसलाई पनि कतारका अमिरको भ्रमणका क्रममा सरकारकोतर्फबाट विशेष आग्रह गर्नुपर्ने माग पनि उठेको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट कतार नेपालको भरपर्दो मित्र भएकाले पनि अमिरको भ्रमणले दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वास गर्नुहुन्छ । रासससँगको कुराकानीका क्रममा अध्यक्ष भट्टले भन्नुभयो, “विगतदेखि नै नेपाललाई खुला हृदयका साथ सहयोग गर्दै आएको कतार पछिल्ला दिनमा विकास र प्रविधिको केन्द्रका रूपमा विकास भएको छ । यसबाट नेपालले लाभ लिनुपर्छ ।”

उहाँका अनुसार वैधानिक तवरबाट कतारमा काम गर्न गएका नेपालीको सङ्ख्या तीन लाख ६४ हजार छ । यस्तै पर्यटक र विद्यार्थी प्रवेशाज्ञामा गएका नेपालीको सङ्ख्या पनि उल्लेख्य छ । एनआरएनका तर्फबाट कतारका अमिरलाई हृदयदेखि नै स्वागत गरिने र नेपालको समृद्धिको साझेदार बन्नसमेत आग्रह गरिने जानकारी दिँदै अध्यक्ष भट्टले फिफा विश्वकपको सफलताका लागि नेपाली समुदायले खेलेको भूमिकालाई त्यहाँको सरकारले आत्मसात् गरेको जनाउनुभयो ।

“नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ । नेपालीले श्रम र पसिना पनि बगाएका छन् । त्यसका आधारमा कतारले नेपालका केही महत्त्वपूर्ण परियोजनामा लगानी गरिदेओस् भन्ने मेरो पनि अपेक्षा छ”, अध्यक्ष भट्टले भन्नुभयो ।

यस्तै पर्यटन, शिक्षा तथा सूचना प्रविधिका क्षेत्रमा पनि कतारले मौलिक प्रगति गरेको छ । नागरिक उड्डयनका क्षेत्रमा कतार एयरलाइन्सको आफ्नै विशेष पहिचान बनाएको छ । नेपाल र कतारबिच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गर्नुभएको थियो । अमिरको उपाधि प्राप्त गर्नुभएका अल थानीको नेपाल भ्रमण आफैमा महत्त्वपूर्ण र विशिष्ट भएकाले पनि यसबाट लाभ लिन सकिने अध्यक्ष भट्टको भनाइ छ ।

कतारकातर्फबाट भने द्विपक्षीय सम्बन्ध कायम भएको ४५ वर्षपछि राष्ट्रप्रमुखको नेपाल भ्रमण हुन लागेको हो । नेपाली नागरिकका लागि सहज वैदेशिक रोजगारीको गन्तव्यका रूपमा कतार स्थापित भएका सन्दर्भमा नेपाल र कतारबिच समयानुकूल श्रम सम्झौता भए थप सहज हुने उहाँको भनाइ छ ।

नेपालले वार्षिकरुपमा प्राप्त गर्दै आएको विप्रेषणको ठुलो हिस्सा समेत कतारबाट प्राप्त गर्दै आएको छ । नेपालीको सुरक्षित रोजगारीका लागि नेपाल सरकारको आग्रहमा कतार सरकारले महत्त्वपूर्ण सम्बोधन गरेको जानकारी दिँदै केहीले गरेको कमजोरीलाई आम रूपमा लिन नहुने अध्यक्ष भट्टको भनाइ छ ।

कतारको विकासमा नेपालीले पुर्‍याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झन्झटलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने र अमिरको भ्रमणका क्रममा त्यस विषयले प्राथमिकता पाउने अध्यक्ष भट्टले स्पष्ट पार्नुभयो ।

पछिल्ला दिनमा कतार समन्वय र विवाद समाधान गर्ने केन्द्रका रूपमा स्थापित भएको छ । नेपालले पनि मौलिक प्रकारको शान्ति प्रक्रियाको कामलाई अगाडि बढाएको छ । त्यसका अलावा कतार पछिल्लो समय पश्चिम एसियाको महत्त्वपूर्ण शक्ति राष्ट्रका रूपमा स्थापित भएको छ ।

नेपालबाट सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गर्नुभएको थियो । त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गर्नुभएको थियो ।

एनआरएनएका संस्थापक मध्येका एक आरके शर्माका अनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१४ मा अनौपचारिकरुपमा कतारको भ्रमण गर्नुभएको थियो । सोही भ्रमणका क्रममा उहाँले कतारकातर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण होस् भन्ने कामना गर्नुभएको शर्माको भनाइ छ ।

भौतिक पूर्वाधारको विकासमा कतार सरकारले गरेको लोभलाग्दो प्रगतिबाट लाभ लिन नेपाल चुक्न नहुने उल्लेख गर्दै अध्यक्ष भट्टले भन्नुभयो, “नेपालीलाई कतार सरकार र कतारी नागरिकले इमान्दार भनेर चिनेका छन् । यही मूल्यका आधारमा एनआरएनएलगायतका संस्थालाई पनि सामाजिक संस्थाका रूपमा मान्यता दिएका छन् ।” नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली पाठशालाको माग पनि कतारमा उठेको छ । यस विषयमा पनि अमिरको भ्रमणका क्रममा सम्बोधन भइदिए धेरैले लाभ हासिल गर्ने अध्यक्ष भट्टको कथन छ ।

कतारलगायतका देशका नागरिकलाई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्न सकिए त्यसबाट ठुलो लाभ हासिल हुने विश्वास लिइएको छ । यस्तै अर्गानिक कृषिउपजको ठुलो बजार कतार हुनसक्छ । हिमाली क्षेत्रको पानी प्रशोधन गरेर कतारका बिक्रीवितरण गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिँदै अध्यक्ष भट्टले नेपालकोतर्फबाट आवश्यक पहल भए त्यसका लागि सहजीकरण गर्न एनआरएनए तयार रहेको जनाउनुभयो ।

कतारका रहेका नेपालीकातर्फबाट अमिरको नेपाल भ्रमणको सफल होस् भन्ने कामना गरेको उल्लेख गर्दै अध्यक्ष भट्टले भन्नुभयो, “नेपालीको पसिनाले जसरी कतार समृद्ध बनेको छ । त्यसैगरी नेपालको विकास र समृद्धिका लागि पनि कतारकातर्फबाट महत्त्वपूर्ण सहयोग होओस् भन्ने कामना छ ।”

आफूहरूले कतारको निजी क्षेत्रसँग मिलेर पनि काम गर्नसक्ने जानकारी दिँदै अध्यक्ष भट्ट अमिरको भ्रमणपछि केही महत्त्वपूर्ण कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबिच शीतल निवासमा भेटवार्ताको कार्यक्रम तय भएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि द्विपक्षीय भेटवार्ता गरी केही महत्त्वपूर्ण सम्झौता एवं समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । अमिरको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र जनस्तरमा विकास हुने थप वातावरण बनाउने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक