शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कम्युनिस्ट नेताहरु पदको लागि रातिराति जाजुससँग बैठक गर्छन्ः डा. रावल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कम्युनिस्ट नेताहरु पदको लागि रातिराति जाजुससँग बैठक गर्छन्ः डा. रावल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता र शक्ति स्वार्थका नेपाली कम्युनिस्टहरु मूल्य, मान्यता, विचार र सिद्धान्तबाट च्यूत हुँदै  पथविचलन भएको बक्ताहरुको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रुपान्तरण अभियान’ ले आयोजना गरेको सो कार्यक्रममा कम्युनिस्टहरुले जनअधिकार, राष्ट्र र राष्ट्रियतालाईसमेत लिलाम गरेको आरोप लगाउँदै महाविचलनको बाटोतिर हिडेको चिन्ता समेत व्यक्त गरेका छन् ।

नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरु सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताए । सत्ता र शिक्तको लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिस्टप्रति विश्वास घटेको बताए । “पदका लागि रातिराती जासुसहरुसँग मिटिङ, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरु विचलन मात्रै हैन महाविचलनमा गइसके” रावलले भने । उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरु छोड्ने गरेको बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफ्नो पार्टीमा मात्रै नभएर सबै कम्युनिस्ट पार्टीहरुमा आलोचनात्मक विचार रोक लगाएको बताए ।

“कसैले रचनात्मक टिप्पँण गरे उसको भविश्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी,जनता भडमा जाओस् । तर सहि र गलतबीच लडाइँ चलिरहन्छ आशा गरौं, कुनै दिन कम्युनिस्टहरुमा आलोचनात्मक टिप्पाणी संस्थागत हुने छन्, सिद्धान्ताको रक्षा हुनेछ” कार्कीले भने ।

नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिस्टहरुले आधारभूत इमान्दारितालाई नै त्ययागेर सत्ता स्वर्थमा चुर्लुम्म हुँदा विगतको संघर्षका उपलब्धिहरु पनि गुम्न लागेकोले आफूहरुले विचलनलाई रोक्न नयँ अभियान चलाउन लागेको जानकारी दिए । उनिहरुमा सबैभन्दा बढी अवसरवाद मौलाएको बताउँदै श्रेष्ठले भने, “हिजो चप्पलेहरु एकाएक महले बन्ने र जनताको अवस्था ज्यूँकात्यूँ बनेपछि यसलाई पथविचलन मात्रै हैन पथभ्रष्ट भएन र भन्या । जनवादी केन्द्रीयता भने पनि हनुमाने प्रवृत्ति मौलाउनु, देश,वर्ग र पार्टीप्रति प्रतिबद्ध भन्दा अवसरमुखि हुनु आजको मुख्य समस्या हो ।”

वैज्ञानिक समजवादी पार्टी, नेपालकाका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले कम्युनिस्टहरुले जुन व्यवस्थाको विरोध गर्दै सत्तामा पुग्छन् त्यसैको मतियार हुनेगरेकोे बताउँदै उनले भने,“दलाल पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन् सत्तामा गएर, त्यही मान्छे त्यही व्यवस्थाको दलाल बन्छन् अनि कहाँबाट आउँछ समाजवादी व्यवस्थ, जनताले तिनलाई कसरी पत्याई दिने ।” कम्युनिस्ट सिद्धान्त र नेपाली समाज उत्पादन संयन्त्र परिवर्तन नभएसम्म परिवर्तन नहुने आहुतीको दाबी छ ।

त्यसैगरी डा.महेश मास्केले नेपाली कम्युनिस्टको विचार र व्यवहारमा तालमेल नभएको बताए । उनले कम्युनिस्टहरु शक्तिमा आउँदा पनि एकजुट हुन नसकेको बताउँदै उत्पादन र वितरणमा कम्युनिस्टहरु चुकेको बताए ।
अन्तरक्रियात्मक उक्त कार्यक्रमको डा.शरद वन्तले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

९ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक