शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेइजिङ । चीनले नेपालमा वामपन्थीहरूबिचको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएका हुन् ।

आफ्नो कार्यकक्षमा बिहीबार भएको भेटका क्रममा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको धारणा राखे । ‘दुई पार्टी मिल्नु नेपाली जनताका लागि राम्रो छ’, उनले भने, ‘हामी वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ ।’

उनले अगाडि भने, ‘वामपन्थी सरकार बन्नु भनेको नेपाल स्वर्णिम यात्रातिर अग्रसर बन्नु हो । वामपन्थी एकताबाट नै नेपालको विकास गर्न सकिन्छ । वामपन्थी एकीकरण गरेर जाँदा राम्रो हुन्छ ।’

सो अवसरमा उनले सीपीसी र माओवादी केन्द्रबिचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख पनि गरे । उनले भने, ‘चीन र नेपालबिच घनिष्ठ सम्बन्ध मात्रै होइन । हामी साथी र कमरेड पनि हौँ ।’

Nabil bank

अमेरिकाप्रति लक्षित गर्दै उनले चीनलाई घेराबन्दीमा पार्न केही मुलुकले नेपालमा सहयोगमार्फत हात बढाइरहेको पनि जिकिर गरे । सो कुरा चीनलाई सह्य नहुने बताउँदै उनले जसले जतिसुकै भाँजो हाल्ने कोसिस गरे पनि नेपाल र चीन बिचको सम्बन्ध परिवर्तन हुन नसक्ने धारणा राखे ।

जवाफमा गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्त्वप्रति सचेत रहेको बताए । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।

‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उनले भने, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताए ।

यस्तै उनले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताए । ‘वामपन्थी सरकारको निरन्तरता र एकतालाई विशेष जोड दिएका छौँ,’ उनले भने । उनले नेपालमा चीनले गरेको सहयोग र बीआरआई सम्झौताप्रति ऐक्यबद्धता जनाएका थिए ।

सो अवसरमा चियानचाओले नेपाली पक्षले चीनको लगानीका लागि ठोस परियोजना प्रस्तुत नगरेकोप्रति चासो राखेका थिए ।

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

९ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक