सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले उच्चस्तरीय समितिलाई सघाउन अपिल गरेका छन् । संस्थालाई एक बनाउनका लागि सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका गौतमले परराष्ट्र मन्त्रालयले संस्था नवीकरण गरेपछि अब एनआरएनए एक हुने वाटोमा अघि बढेको बताए । उनले अहिलेको अवस्थामा सबैले आफ्ना स्वार्थहरु त्यागेर लाखौं नेपालीको हकहितका लागि एनआरएनए एक बनाउनुको विकल्प पनि नभएको उल्लेख गरे ।

व्यक्ति र पद भन्दा पनि  विदेशमा बस्ने सम्पूर्ण नेपालीको हकहितका लागि काम गर्नु पर्नेमा उनले जोड पनि दिए । दशौं महाधिवेशनपछि बहुपदीय प्रणालीमा गएपछि  विनोद कुँवर समूहसँग वार्ता गरी ११ औं अधिवेशन एकताको अधिवेशनमा रुपान्तरण गर्नका लागि विधान लगायतका कुराहरुमा मिहिन ढंगले काम गरेका गौतमले केही स्वार्थ समूहका कारण नै बालुवाटारमा भएको सहमति भाँडिएको बताउँदै अब ती विगतलाई विर्सिएर सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिले गराउने निर्वाचनमार्फत संस्थालाई गतिशीलता प्रदान गर्नु पर्नेमा जोड  दिए । उनले आफू कहाँनेर अट्ने र अड्ने भन्दा पनि सबैको साथ र सहयोगले संस्था बलियो बनाउने कुरामा केन्द्रीत भएकाले पदका पछि नदौडिने पनि प्रष्ट पारेका छन् ।

उनले गत अक्टोबरदेखि संस्था नवीकरणको विषय पेचिलो बन्दै गएकोमा सरकारले यसको गाँठो फुकाएकोमा धन्यवाद पनि दिएका छन् । यसैगरी अब ललिता निवास प्रकरणमा परेको एनआरएनएको सचिवालय बालुवाटारको भवनका विषयमा सरकारले नै निर्णय गर्नु पर्ने भएकाले त्यसका लागि सबै एनआरएन अभियन्ताहरु एकजुट भएर पहल गर्नु पर्ने उनले  बताए ।

यस्तै, एक समूहले सचिवालय कब्जा गरेर आर्थिक अपचलन गरिरहेको विषयमा पनि सरकारले ध्यान दिँदै दैनिक प्रशासनिकबाहेकका अरु आर्थिक भार नपर्ने पत्र पठाएपछि विदेशमा बस्ने नेपालीले एक-एक डलर जम्मा गरेर जोडेको सम्पत्तिको पनि रक्षा हुने उनले उल्लेख गरे । अहिलेको अवस्था आउनुमा तत्कालिन अवस्थामा निर्वाचन समिति र सचिवालयका कर्मचारीहरुको पनि हात रहेको उल्लेख गर्दै आउँदा दिनमा यस विषयमा गम्भीर समिक्षा गर्नका लागि उनले उच्चस्तरीय समितिलाई आग्रह गरेका छन्  ।

अहिले विभिन्न समानान्तर समितिहरु अवैध भइसकेकाले सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिको पहिलो बैठक तत्काल बसेर काम प्रारम्भ गर्नका लागि उनले समितिका संयोजक तथा सदस्यहरुलाई आग्रह गरेका छन् । अदालतको फैसला अनुसार डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले नै एनआरएनएको एकता अधिवेशन गराउने जिम्मा पाएको छ ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

४ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक