काठमाडौं । चर्चित गायक सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
भाद्र ६ गते शनिबार दिउँसो कीर्तिपुर सिनेफेक्लसमा भएको कार्यक्रममा दर्शकको उल्लेखनिय रुपमा सहभागिता जनाइएको एकल साँझ सांगितिक कार्यक्रममा चर्चित
गायक सतीश महर्जनलाई युगल गायनमा चर्चित गायिका निशा देशार, रीता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, सरिता शाहीदेखि नवोदित गायिका रफेला महर्जन एवम् एकता महर्जनले गायनमा साथ दिनुका साथै वाद्यवादन तर्फ नेपाल कै उत्कृष्ट वाद्यवादकहरु ड्रमर सुन्दर कुमार महर्जन, कीवोर्ड राहुल भुजेल ,गीतार सुरज प्रधान,बेसगीतार कृष्ण लिम्बु, बाँसुरी संजीव मैनाली ,तबला,खीँ लक्ष्मी प्रसाद डंगोल,ढोलक मादल सन्देश महर्जन, प्रकसन मा सुजल नापितले साथ दिनु भएको थियो ।
कार्यक्रमका अतिथिका रुपमा पाल्नुभएका गायक सतिश महर्जनका गुरु प्रभुराज ढकालले आजको कार्यक्रम एदम उत्कृष्ट रहेको जनाउँदै शिरमा सँधै आशिवार्द रहने जनाए । कार्यक्रमका विशेष अतिथी कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले आजको कार्यक्रम सफल भएकोमा बढाई तथा शुभकामना व्यक्त गर्दै मेयर डंगोलले कीर्तिपुरमा सांगितिक क्षेत्रका साथै संस्कृति सम्पदाको संरक्षण, संम्बर्द्वन तथा विकासका लागि रुपमा लागि रहने धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाल्नु भएका वरिष्ठ संगीतकार दीपक जंगमले आयोजकलाई धेरै धेरै धन्यवाद दिदै भन्नुयो नयाँ प्रतिभालाई बर्ष एक पटक निर्खाने अवसर दिनुपर्नेमा जोड दिदै गायक सतिश महर्जनलाई हार्दिक बढाई दिनु भएको थियो । उनले नेपालभाषााको सांगीतिक क्षेत्रमा जुन जागरण आई रहेको छ एकदम सकारात्मक रहेको धारणा राखे ।
गायक सतिश महर्जनले पहिलो पटक एकल साँझ कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण ” नेपाल कला(संस्कृति उत्थान समाज ” का पदाधिकारीहरू व्यक्तिगतरुपमा बिजय लाल डंगोल, प्रताप महर्जन,दुर्गालाल शाहि,नबिन जोशी, किरण,सर्मिला तथा सहयोगी, कलाकार, प्राविधिक तथा सम्पूर्ण परिवारजन, गुरुजन सुभचिन्तकहरुलाई विशेष धन्यवाद तथा आभार व्यक्त गरेका गरेका छन् ।
सो एकल साँझ सांगितिक कार्यक्रममा गायक सतिश महर्जनका गुरुवर राम कृष्ण दुवाल, वरिष्ठ संगीतकार गायक रामेस श्रेष्ठ, वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ संगीतकार मनराजा नकर्मि पाल्नु भएको थियो ।
आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले सतीश महर्जनको सांगितिक योगदानको कदर गर्दै सम्मान पत्रका साथै ५ हजार चेक सहित फेत्ता बाधेर सो एकल सांगितिक साँझ कार्यक्रममा गायक सतिश महर्जनलाइ विशेष सम्मान समेत गरिएको थियो ।
कीर्तिपुर पांगा निवासी गायक सतीश महर्जनले करिब चार दशक भन्दा बढि समय नेपालभाषा तथा नेपालीभाषामा जीवन सम्पर्ण गरेका उच्च मूल्यांकन गरेको आधारमा कार्यक्रमको आयोजना गरि विशेष सम्मान समेत गरिएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवम् पत्रकार ललेन्द्र शाक्यले कार्यक्रम सञ्चालन गरेको थियो ।


