काठमाडौं । सभामुख डीपी अर्याल नियमित स्वास्थ्य परीक्षण सम्पन्न गरी निवास फर्केका छन्।
उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए।
सभामुखको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नियमित स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा भएपछि उनी निवास फर्किसकेका पुष्टि गरेको छ। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाइएको छ।


