मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारी पदाधिकारीहरुलाई प्रभावमा पारेर ‘एम्पीक इनर्जी प्रालि’ले तल्लो वरुण जलविद्युत परियोजना र ‘साङ्ग्रिला उर्जा प्रालि’ले छुजुङ जलविद्युत परियोजना निर्माणका लागि इजाजत पत्र हासिल गरेको वक्ताहरुले आरोप लगाए ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु थुन्डु शेर्पाले धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्व बोकेका नदी–नालाको प्राकृतिक स्वरूप बिगारेर गरिने कार्य विकास नभई विनाश हुने धारणा राखे । शेर्पाले सम्बन्धित क्षेत्रका स्थानीयको सहमति बेगर वरुण र छुजुङ्ग खोलामा जलविद्युत परियोजना निर्माण सफल नहुने ठोकुवा गरे ।

शेर्पाले वरुण उपत्यकालाई शास्त्र अनुसार ‘बेयुल’ अर्थात् लुकेको पवित्र भूमि र सात साङ्ग्रिलामध्ये एक साङ्ग्रिला मानिदै आएकोले त्यसको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गरिमा संरक्षणको जिम्मा स्थानीयको मात्रै नभएर राज्यको प्रमुख दायित्व रहेको जनाए । संसार विनाश भएर प्राणी विहिन हुने अवस्थामा यो बेयुल अर्थात् पवित्र भूमिमा मात्रै जीवन रहने शेर्पाको कथन छ ।

सम्पदा संरक्षणमा सक्रिय कर्म भोटियाले भोटखोला गाउँपालिकाका २ र ४ वडामा बन्ने विद्युत परियोजनाले स्थानीय जनतालाई फाईदा भन्दा क्षति गर्ने भएकाले जनताको माग अनुसार सरकारले निर्माण कार्य रोक्नुपर्ने माग राखे ।

संखुवासभा जिल्लामा ५ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने करिब ५५ वटा जलविद्युत परियोजना रहेको उनले जानकारी दिए । “छुजुङ्ग र वरुण नदीबाट विद्युत उत्पादन नगर्दा राज्यको कति क्षति हुन्छ, यसअघि कहिल्यै विरोध भएको थिएन र अब किन विरोध गर्नु पर्ने अवस्था आयो, सम्बन्धित निकायले बुझ्नु पर्छ” भुटियाले भने ।

वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील डुक्पा थिकेपा भोटेले जैविक विविधता र वातावरणीय दृष्टिले अति समृद्ध वरुण उपत्यकामा विद्युत परियोजना सञ्चालन गर्नु भन्दा पनि तीर्थाटन, अध्ययन र पर्यटकीयरुपले विकास गर्नुपर्नेमा जोड दिए ।
माङरुवा तथा तल्लो वरुण नदी संघर्ष समितिका अभियन्तासमेत रहेका थिकेपाले आफूहरुलाई कुनै थाहा जानकारी नदिई गरिने निर्माण कार्यको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

च्याम्ताङ कल्याण समाज काठमाडांैका सचिव लाक्पा आङ्जुक भोटेले आयोजनाको कारण भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ का विभिन्न आदिवासी तथा धार्मिक समुदायको आस्था, संस्कारमाथि प्रत्यक्ष नकारात्मक असर पार्ने कार्यले स्थानीय रुष्ट भएको र संघर्षको तयारी गरेको जानकारी दिए ।

च्याम्ताङवासी ङिमा पोङसुवाले वरुण र छुजुङ नदीमा विद्युत परियोजना निर्माण गरिदा हिन्दू, बौद्ध र किराँत धर्मावलम्वीहरूले गर्ने धार्मिक अनुष्ठान, पूजा, स्नान तथा साधना गर्दै आएको संस्कारमा आघात पुग्ने जनाए ।  पोङसुवाले निर्माण कार्य सम्बन्धी प्रक्रिया तत्काल रोक्नुपर्ने माग राखे ।
स्थानीय टिकाराम गुरुङले विद्युत परियोजनाको स्वार्थलाई सार्थक बनाउन उद्यत राज्यका केही जिम्मेवार व्यक्तिहरुको कारण धार्मिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय चासोको क्षेत्रमाथि विनाशकारी क्रियाकलाप हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका पूर्वकार्यवाहक महासचिव शुकवीर थामीले सो क्षेत्रको संवेदनशीलताप्रति महासंघको ध्यानाकर्षण भएको बताए । थामीले सिमित व्यक्तिहरुको स्वार्थको लागि सीमान्तकृत, आदिवासीहरुको आत्मसम्मान र जीविकोपार्जन गर्ने अधिकारको हनन सह्य नहुने चेतावनी दिए ।

हिमालय भोटे समाजको अध्यक्ष टासीग्याल्जेन चाङ्वा भोटेले धार्मिक आस्था बोकेका पवित्र नदीहरुमा जलविद्युत परियोजना निर्माण कार्य रोक्नु पर्नेमा जोड दिए । स्थानीयको विरोध हुँदाहुँदै पनि परियोजना बनाउन दिनु राज्यको बलमिच्याई भएको उनको दावी छ । भोटेले मकालु वरुण राष्ट्रिय निकुञ्ज, द ग्रेट हिमालय टे«क लगायतका महत्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदा मास्ने खेल भएको आरोप लगाए ।

सामाजिक क्षेत्रमा क्रियाशील जीवनाथ खनालले राज्य सधैं आम जनताको विपक्षमा रहेको जिकिर गर्दै भोटखोलामा जलविद्युत परियोजनाको नाममा भइरहेको अतिक्रमण त्यसैको निरन्तरता रहेको दावी गरे । “राज्यको शक्ति सिंहदरवारबाट स्थानीय तहसम्म पुग्दा पनि सो प्रवृत्तिको पुनरावृति भइरहनु दुर्भाग्य हो, सो कार्य छुजुङ र वरुणमा मुखरित भएको छ” खनालले भने । सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणको पसलमा बिक्रीका लागि राखिएको बिजुली विकास नभई व्यापारिक वस्तु भएको खनालको कथन छ ।

स्थानीय मिक्मा तेम्बा लामाले जलविद्युत परियोजना निर्माण कार्यलाई अगाडि बढाउन केन्द्र सरकार एकतर्फी लागेको आरोप लगाए । उनले सरकारी बलमिच्याई विरुद्ध स्थानीय सरकार, स्थानीय तहमा रहेका मकालु वरुण राष्ट्रिय निकञ्ज, जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका नेताहरुलगायत धार्मिक संघसंस्थाले औपचारिकरुपमा नै विरोध गर्दासमेत सिंहदरवार र परियोजना प्रबद्र्धकको साँठगाँठको कारण स्थानीय जनता आन्दोलित हुनुपरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

२ घण्टा अगाडि
नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित

नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक