काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ‘वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।
‘वाइल्ड स्वान’ले जित्यो निफको गौतम बुद्ध फिचर फिल्म अवार्ड यो अवार्डलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलगायत निर्णायक र महोत्सव अध्यक्ष केपी पाठकले प्रदान गरेको हो । अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ले ‘माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ ।
त्यस्तै, ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ । ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो ।९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो ।
डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ‘लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ले जितेको छ भने ‘ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।
नेपाली फिचर फिल्म ‘बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो ।
त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ‘पखेटा’ले जित्यो । राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ‘एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ‘डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ‘बुलाकी’बाट अवार्ड उचालिन् ।