सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही । सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु गरिएको छ ।

अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर सीएस अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा सुरु गरेको अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायले जानकारी दिनुभयो । डा. रायका अनुसार सोमबार साँझ पहिलो पटक सिराहाको मिर्चैया घर भई सिन्धुलीको क्यानखोलास्थित माइती घरमा बस्दै आउनुभएकी १९ वर्षीया चण्डिका मगरको सीएस गरेर प्रसूति गराइएको छ ।

मगर नगर अस्पताल लालबन्दीमा प्रसूति गराउन भनी एक सातादेखि लामबन्दीस्थित आफन्तको डेरामा बस्दै आउनुभएको थियो । उहाँलाई तीन दिनदेखि प्रसव बेथा लागे पनि प्राकृतिक हिसाबले प्रसूति नभएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको डा.रायले बताउनुभयो ।

“उहाँको प्रसूति हुने म्याद १० दिन नाघिसकेको र तीन दिनदेखि प्रसव बेथा लाग्दा पनि बच्चा जन्मिन सकेन, हामीले बेथा बढाउने औषधि चलाउँदा समेत सामान्य ढङ्गले प्रसूति हुन सकेन,” डा. रायले भन्नुभयो, “त्यसपछि हामीले परिवारसँग सल्लाह गरेर सीएस गर्ने निर्णय गर्‍यौ र पहिलो शल्यक्रिया सेवा सफल रूपमा सम्पन्न भएको छ ।” मगरले तीन किलो ४०० ग्रामको शिशु (छोरी) लाई जन्म दिनुभएको छ ।

अस्पतालका इन्चार्ज डा. रायसहित एनेस्थेटिष्ट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा सुरु भएकोसँगै यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

स्थानीय अगुवाले यस सेवालाई निरन्तरता दिन नगरपालिका कार्यालयसँग माग गरेका छन् । लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै अब बाल रोग विशेषज्ञको व्यवस्था गर्न लागिपरेको बताउनुभयो ।

“पहिलो पटक शल्यक्रिया सफल भएकोमा हामी अत्यन्त खुसी छौँ, यसलाई अझ प्रभावकारी र नियमित गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्दै जान्छौँ,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “अस्पतालमा तत्कालै बाल रोग विशेषज्ञ समेत नियुक्त गर्ने वा भएका स्वास्थ्यकर्मीलाई तालिम दिएर भए पनि प्रसूति सेवालाई प्रभावकारी बनाउन लागि परेका छौँ ।” प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई गएको पुस २७ गते स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाइएको थियो ।

अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक राखेर सेवा सुधार गरिएसँगै बिरामीको चाप बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माउन राम्रो हुने

प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माउन राम्रो हुने

३ दिन अगाडि
गम्भीर ८ रोगमा २ लाखसम्मको उपचार सुविधा

गम्भीर ८ रोगमा २ लाखसम्मको उपचार सुविधा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक