बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ ले नतिजा आउने गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमन्त्री ‘प्रचण्ड’ ले नतिजा आउने गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरूलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सरकारको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई परिवर्तनको आभास हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा राम्रा काम भए पनि अझै नतिजा देखिने गरी काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिनुभयो ।

“बजेट आएको यो चार महिनामा हामीले राम्रै काम गरेका छौँ । यो गति अझ बढ्ने गरी काम गर्ने होला,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै उहाँले भन्नुभयो, “काम गर्ने सिलसिलामा कुनै अवरोध आए म आफ्नातर्फबाट गाँठो फुकाउन तयार छु ।” प्रधानमन्त्रीलाई मन्त्री र सचिवले काम गर्ने क्रममा भोगेका समस्याबारे जानकारी गराएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. गणेश पाण्डेले सबै मन्त्रालयको एकमुस्ट रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चार महिनाको अवधिमा योजनाबमोजिम काम भए कि भएनन् भन्नेबारेमा छलफल भएको बताउनुभयो । “अहिले चार महिनाको अवधिमा के कति प्रगति भयो ? हामीले गरेका प्रतिबद्धता पूरा गर्न नीतिगत, कानुनी र समन्वयात्मक कहाँ के समस्या भए भन्नेबारेमा समीक्षा भयो,” उहाँले भन्नुभयो । उहाँका अनुसार अब कसरी अगाडि बढ्ने र सरकारको लक्ष्य पूरा गर्न के के गर्नुपर्छ भन्नेबारे सुझाव पनि सङ्कलन भएका छन् । उहाँले आगामी दिन सरकारका चुनौती कसरी सम्बोधन गरेर जाने भन्नेबारे सबैले धारणा राखेको बताउनुभयो ।

उहाँले मन्त्रालयका तर्फबाट थुप्रै नीति सुधार गर्नुपर्ने कुरा प्रधानमन्त्रीसमक्ष राखेको जानकारी दिनुभयो । “हाम्रो सार्वजनिक खरिदसम्बन्धी कानुन विकासमैत्री छैन । सरकार र निकायबिच सहज समन्वयको अभाव छ । त्यसमा प्रधानमन्त्रीले नेतृत्व गर्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो, “आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्ने र विकासमैत्री कानुन बनाउनु पर्ने छ । यसो भएमा अपेक्षित उपलब्धि हासिल गर्न सहज हुन सक्छ ।”

यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सेनाले चालु आर्थिक वर्षको बजेटमा केन्द्रित भई चौमासिक समीक्षा भएको बताउनुभयो । बैठकमा सरकारका कामकारबाहीका विषयमा विभिन्न क्षेत्रको अवस्थाबारे गम्भीर छलफल भएको जानकारी दिँदै उहाँले यसरी नियमित छलफल गर्ने गरी बैठक सकिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

७ घण्टा अगाडि
अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक