मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

नक्कली शरणार्थी प्रकरणका सबै आरोपीको सुनुवाइ उच्च अदालतमा एकैसाथ हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नक्कली शरणार्थी प्रकरणका सबै आरोपीको सुनुवाइ उच्च अदालतमा एकैसाथ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर / नक्कली भुटानी शरणार्थी प्रकरणका सबै आरोपीको कैफियत प्रतिवेदन जिल्ला अदालतबाट प्राप्त भएपछि एकमुष्ट सुनुवाइ गरिने भन्दै बिहीबार पाटन उच्च अदालतको पेसी अर्को मितिमा सरेको छ ।

बिहीबार उच्च अदालतमा न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको यो मुद्दामा १० जना आरोपीको मात्रै कैफियत प्रतिवेदन आइपुगेको थियो । ‘काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशले थुनामा राखेउपर अन्य प्रतिवादीहरुको र धरौटी मागेउपर वादी नेपाल सरकारको समेत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम निवेदन परेको भन्ने कानुन व्यवसायीहरुले जानकारी गराउनु भएकाले सो निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि यसैसाथ नियमानुसार पेस गर्नु’ भन्दै न्यायाधीशद्धयले आदेश गरेका छन् ।

‘ठगी, लिखत किर्ते, राज्यविरुद्धको र संगठित अपराध’ अभियोगमा जोडिएर बिहीबारको पेसीमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, गिरोहका नाइके सानु भण्डारी, सन्देश शर्मा, एजेन्टहरु नरेन्द्र केसी, गोविन्द चौधरी, शमशेर मियाँ, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको निवेदन बिहीबारको पेसीमा थियो ।

यीमध्ये ५ लाख रुपैयाँमा धरौटीमा छुटिसकेकी लक्ष्मी महर्जनले उक्त धरौटी पनि अनावश्यक रहेको भन्दै जिल्ला अदालतको उक्त फैसला खारेजीका लागि उच्चमा पुनरावेदन दिएकी थिइन् । हाल पुर्पक्ष थुनामा रहेका सबै प्रतिवादीले थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै उच्चमा आवेदन दिएका हुन् ।

उच्चमा निवेदन परे पनि जिल्ला अदालतबाट तत्कालिन गृहमन्त्री बालकृष्ण खाड, तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गिरोहका नाइके केशव दुलाल, शरणार्थी नेता टेकनाथ रिजाल, गिरोहका एजेन्ट रामशरण केसीसहितका प्रतिवादीको कैफियत प्रतिवेदन जिल्लाबाट आइसकेको छैन ।

प्रतिवेदन आएपछि भने उच्चले जिल्ला अदालतको फैसलालाई सदर, बदर, धरौटी वा साधारण तारेखमा राख्न सकिने बारेको निर्णय गर्नेछ । जिल्लाबाट कैफियत प्रतिवेदन आएमा सम्भवत: अर्को साता बिहीबार उच्च अदालतले यो मुद्दामा सुनुवाइ गर्नेछ ।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक