वीरगञ्ज / प्रहरीले वीरगञ्जबाट पाँच सय ७० पिस लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।लागुऔषधसहित पक्राउ पर्नेहरुमा बाराको जितपुर सिमर उपमहानगरपालिका–७ बस्ने २५ बर्षिय सुरज साह कलवार र सोही स्थानका २० बर्षिय सलमान अन्सारी रहेका छन ।
वीरगञ्ज् महानगरपालिका–२५ खल्वा टोलबाट पैदल हिँडिरहेका दुबै जनाले लगाएको जुता र शरिरबाट लागु औषधनाइट्राभेट ३८ पत्तामा पाँच ७० पिस ट्याब्लेट फेला परेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।
उता रोतहटबाट प्रहरीले चार लाख ४० हजार स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत जिल्ला सितामढी बैरगनिया–८ असोगी टोल बस्ने प्रदिप कुमार वर्मा रहेका छन् ।
गौर नगरपालिका–१ स्थित चेकजाँच गर्ने क्रममा बीआर ३० एसी ७९१४ नम्बरको मोटरसाईकलमा आएको उनको सथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिइएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।


