शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वमन्त्री नै शैक्षिक माफियाका सरदार !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वमन्त्री नै शैक्षिक माफियाका सरदार !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । ललितपुर उपमहानगरपालिका मातहतमा देशभरिका तुलनामा सबैभन्दा महंगा स्कुलहरु संचालनमा छन् । स्कुल संचालकहरुमा ठुला व्यापारिक घरानाहरु र राजनीतिक आवरणका व्यक्तिहरु पनि रहेका छन् ।

एक जना पूर्वमन्त्रीले संचालन गरेको धोबिघाटस्थित आइडियल मोडल स्कुलले विद्यार्थीहरु माथि ठुलो आतंक  सृजना गरेको छ । विद्यार्थीका अभिभावक र विद्यार्थीहरुका नाममा पत्राचार गर्दै स्कुलले श्रावण महिनासम्मको शिक्षण शुल्क श्रावणकै मसान्तसम्म भुक्तानी नगरे भाद्र १ गतेदेखि स्कुलको रजिस्टरबाट विद्यार्थीको नाम हटाइने चेतावनी पत्रमा लेखिएको छ । यस्तो पत्र स्कुलले संचालन गरेको छात्राबासमा बस्ने विद्यार्थीहरुलाई समेत दिइएको छ । जनधारणा साप्ताहिकलाई प्राप्त आइडियल मोडल स्कुलले लेखेको पत्रहरुमा एक महिनादेखि दुई, तीन, चार महिनासम्मका शुल्कसमेत उल्लेख गरिएका छन् । श्रावण मसान्तसम्म शुल्क नबुझाए रजिस्टरबाट विद्यार्थीको नाम हटाइने चेतावनी दिइनुको कारणबारे बुझ्दा स्कुल सञ्चालकहरुले सरकारबाट लागू गर्न खोजिएको नयाँ शिक्षा ऐनका विरुद्ध भाद्र १ गतेदेखि शैक्षिक हड्ताल गर्ने घोषणा गरेका थिए । त्यही कारणले श्रावणसम्मको शुल्क अशुल गर्ने अभियान अन्तर्गत यस्तो पत्राचार गरिएको जानकारीमा आएको छ । शैक्षिक माफियाहरुले विद्यार्थीहरुलाई कसरी लुटिरहेका छन् भन्ने सानो उदाहरणका रुपमा यो पत्रले पनि स्पष्ट गर्छ ।

शैक्षिक माफियाहरुको यस्तै बेथितिलाई नियणन्त्र गर्न सरकारले नयाँ शिक्षा ऐन तयार गरेर लागू गर्न प्रयास गर्दा शैक्षिक माफियाहरु आन्दोलनमा उत्रिएका थिए । सरकारले विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गरी शैक्षिक माफियाहरुसँग सम्झौता गरेको छ । तत्काल ऐन लागू नहुने सम्झौता भएको बुझिएको छ । स्कुलहरुलाई व्यापारिक थलो बनाउँदै आएका शैक्षिक माफियाहरुले विद्यार्थीहरु माथि आतंक सृजना गरेका छन् । स्कुलभित्रै रेष्टुरेण्ट, स्कुलभित्रै पुस्तकका पसल, स्कुलभित्रै स्टेस्नरी, स्कुलभित्रै स्कुल पोशाकका पसल सञ्चालन भइरहेका छन् । यसो गर्दा स्कुल सञ्चालक शैक्षिक माफियाहरुले विद्यार्थीहरुको पढाइलाई भन्दा व्यापारलाई महत्व दिएका पाइन्छ । पूर्वमन्त्री समेत रहेका उमेश श्रेष्ठले सञ्चालन गरेको आइडियल मोडल स्कुलमा भइरहेको विद्यार्थीमाथिको यस्तो आतंक विरुद्ध उजुरी कहाँ गर्ने ? विद्यार्थीहरु अन्यौल अवस्थामा छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका स्कुलहरुमा कक्षा ११ को लागि महानगरपालिकाबाट विद्यार्थीहरु छनौट गरी छात्रबृत्तिका लागि सिफारिस गरेका छन् । स्कुल सञ्चालकहरुलाई विद्यार्थीहरुमाथि शोषण गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि मेयर बालेन शाहले आफ्नो प्रयास जारी राखेका छन् । तर सबैक्षेत्रमा प्रशंशा पाइरहेका ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो उपमहानगर मातहत सञ्चालित स्कुलहरुबाट भइरहेको लूटको अन्त्य तर्फ ध्यान दिन सकेको पाइएको छैन । अभिभावकहरुको व्यापक गुनासो भइरहँदा पनि आफ्नो जिम्मेवारीमा रहेको क्षेत्रलाई नियमन गर्न नसक्नु उपमहानगरको कमजोरी देखिएको छ ।

 

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

पूर्व सांसद कोइरी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक