शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

पशुलाई लम्पी स्किन नामक सङ्क्रमणबाट बचाउन सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पशुलाई लम्पी स्किन नामक सङ्क्रमणबाट बचाउन सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्किन रोग लाग्नबाट बचाउन खोप लगाउन पशु विज्ञको सुझाव छ । पशु विज्ञका अनुसार गर्मीयाम सुरु भए लगत्तै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रूपमा रहेको लम्पी स्किन नामक सङ्क्रमणबाट पशुलाई बचाउन खोप लगाउन भनिएको हो ।

विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकालले यो रोगको प्रभावकारी उपचार नभएकाले पशुलाई रोग लाग्न बचाउन खोप लगाउन आग्रह गर्नुभयो । वरिष्ठ पशु विज्ञ डा. ढकालका अनुसार पशु बिरामी भएको बेला र एक पटक सङ्क्रमित भई निको भएका पशुलाई खोप दिन आवश्यक पर्दैन ।

उहाँले भन्नुभयो, “पशुलाई यो रोगबाट बचाउन यो विरुद्धको खोप दिनुपर्छ । तर पशु बिरामी भएको बेला र सङ्क्रमित भई निको भइसकेका पशुको यान्टिबडी बनिसकेकाले खोपको आवश्यक पर्दैन ।”

लम्पी स्किन रोग नेपालमा पहिलो पटक २०७७ सालमा पुष्टि भएको थियो । सोही समयमा करिब तीन हजार पशुमा यो रोग पुष्टि भएको थियो ।

हाल करिब ४२ जिल्लाबाट ३५० स्थानीय तहका लगभग चार लाख पशुमा रोग पुष्टि भइसकेको छ । त्यसैगरी, सात हजार पशुहरूको मृत्यु भएको कृषि तथा पशु सेवा विभागको तथ्याङ्क रहेको छ ।

के हो पशुमा देखिने लप्पी स्किन ?

डा.चन्द्र ढकालका अनुसार लम्पी स्किन रोग झिँगा (डाँस), भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट पशुमा सर्ने सङ्क्रामक रोग हो । यो रोग पशुबाट पशुमा सरेपनि पशुबाट मानिसमा सर्ने कुनै पनि अध्ययनले पुष्टि नगरेको डा. ढकालको भनाइ छ ।

यो रोग सङ्क्रमित गाईभैंसीको ओसारपसार सामुदायिक चरण क्षेत्र, दाना, पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा गाईभैंसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने डा. ढकालले जानकारी दिनुभयो ।

डा. ढकालले यो रोग विशेषगरी गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती किरा बढी सक्रिय हुने भएकाले प्रकोपको रूपमा देखा पर्ने बताउनुभयो ।

डा. ढकालका अनुसार गाईभैंसीमा उच्च ज्वरो आउने, छालामा साह्रो गिर्खा देखिने, गिर्खा बिस्तारै टाउको, घाँटी हुँदै शरीरभरीनै फैलने गर्छ, रोगी गाईभैंसीको दूध उत्पादन घट्ने जस्ता यो रोगका प्रमुख लक्षण हुन् ।

उपचार

यो रोगको प्रभावकारी उपचार नभएको डा. ढकाल बताउनुहुन्छ । त्यसैले रोग लाग्नभन्दा नि रोग लाग्दै नदिनु यसको बच्ने उत्तम उपाय हो । यो रोग सामान्यतया १० देखि १५ दिनमा आफैँ निको हुँदै जाने ढकालले बताउनुभयो ।

यो रोग देखिएका पशुमा यदि ज्वरो आएको छ भने ज्वरो घटाउनका लागि पारासिटामोल (वा मेलोक्सिकेम) प्रयोग गर्न डा.ढकालको सुझाव छ ।

डा. ढकालका अनुसार घाउ चिलाउन कम गर्नका लागि प्राविधिकको सल्लाह अनुसार उचित औषधिको प्रयोग गर्नुपर्छ ।

त्यसैगरी, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलमह प्रयोग गर्ने, रोगका कारण सिथिल भएको पशुलाई आवश्यकता अनुसार सलाइन दिनुपर्ने पशु विज्ञको सुझाव छ ।

शरीरमा गिर्खाको सङ्ख्या अत्यधिक भएका गिर्खा घटाउने सुई लगाउने । घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाह अनुसार एन्विायोटिक्सको सुई लगाउन ढकालको आग्रह छ ।

रोगी पशुलाई सामूहिक चरन नलैजाने

लम्पी स्किन देखिएमा आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिन आग्रह गरेको छ । रोगी पशुलाई सामूहिक चरन, खर्क आहालमा नलैजान डा.ढकालको आग्रह छ ।

त्यसैगरी, गोठमा झिँगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठमा र गोठ वरिपरि झाडी तथा बुट्यान सफा गर्ने, गोठ फिनेलको घोलले सफा गर्ने, पशुको वरिपरि किरा तथा भुसुना भगाउने किसिमका स्प्रेको प्रयोग गर्न डा. ढकालको सुझाव छ ।

रोग देखिने बित्तिकै बथानबाट छुटाएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई जोत्ने,गाडा ताप्ने काममा नलगाई आराम गराउन ढकालको सुझाव छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

१९ घण्टा अगाडि
डेङ्गीको जोखिम बढ्याे

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

२ दिन अगाडि

त्यस्तै, ढकालका अनुसार बिरामी पशुलाई प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस दिने, दाना पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गुँड पानी खुवाउने ।

यदि सङ्क्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध सकेसम्म नखान डा.ढकालको सुझाव छ । लम्पी स्किन रोग नियन्त्रणका लागि तीनै तहका सरकारहरूसँग समन्वय गरी अगाडि बढिरहेको जानकारी दिनुभयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक