आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

देशको आर्थिक अवस्था चिन्ताजनक छ, नेताहरु लुकाउँदै छन् तथ्य !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशको आर्थिक अवस्था चिन्ताजनक छ, नेताहरु लुकाउँदै छन् तथ्य !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण,
नेपालको अर्थतन्त्रको अवस्था केही वर्षयता सुखद छैन । पहिलो भूकम्प, त्यसपछि कोभिड र रुस–युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र विस्तारमै संकटतर्फ लम्किएको थियो । यो संकटको अर्को मुख्य कारण भने नेपालमा बढ्दो बेथिति, भ्रष्टाचार, अनियमितता, नेताहरुको अकर्मण्यता आदि पनि हुन् । नेपालमा करिब दुई दशकयता राजनीतिकले शासनसत्ताको बागडोर सम्हाले पनि आर्थिक अवस्था सुधारमा भने असफल भएका छन्, जसको परिणामस्वरुप अहिले देशको अर्थतन्त्र कतिबेला ‘कोल्याप्स’ हुने हो भन्ने चिन्ता बढेको छ । यसको जिकिर स्वयं अर्थविद्हरुले गर्दै आएका छन् । तर, सत्तासीन नेताहरुले भने अझै पनि देशको अर्थतन्त्रमा कुनै पनि समस्या नभएको भन्दै टार्दै आएका छन् ।
नेपालको अर्थतन्त्र समस्यामा छन् भन्नका लागि विश्व बैंक वा नेपाल राष्ट्र बैंकको तथ्यांक हेरिरहनु पर्दैन । बजारमा छाएको मन्दी, बढ्दो महँगी र सर्वसाधारणलाई दैनिक जीवनयापन नै कष्टपूर्ण हुने अवस्था आउनु अर्थतन्त्र संकटमा परेका उदाहरण हुन् । तर, यसलाई बेवास्ता गर्दै सरकार भने रकम वितरणमा खेलमा लागेको छ । यसको पछिल्लो उदाहरण हो, अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय । वैशाख १५ गतेसम्मको तथ्यांकअनुसार सरकारको आम्दानीभन्दा खर्च २ खर्ब रुपैयाँ बढी भइसकेको छ । राजस्वले चालू खर्च धान्न धौ–धोको अवस्था छ । सरकार अनिवार्य दायित्वका शीर्षकमा खर्च कटौती गर्दै छ । राजस्व संकलन गतवर्षको भन्दा कम हुँदा सरकारको काम कारबाही नै प्रभावित हुने देखिएको छ ।
तर, यस्तो अवस्थालाई बेवास्ता गर्दै सरकारले नेपाली सेनामा समायोजन गर्दा अयोग्य मानिएका लडाकुलाई २–२ लाख रुपैयाँका दरले हस्तान्तरण गर्ने कार्यविधि पारित गरेको हो, जसको अहिले चौतर्फी आलोचना भइरहेको छ । सशस्त्र युद्ध छाडेर माओवादी शान्ति प्रक्रियामा आउँदा जनमुक्ति सेनामा ३२ हजार ३ सय ५० लडाकु थिए । तीमध्ये शिविरमा बस्ने २४ हजार ४ सय जनामा १९ हजार ६ सय २ जना योेग्य देखिए भने बाँकी अयोग्य साबित भए । युनाइटेड नेसन्स मिसन इन नेपाल (अनमिन)ले २०४५ जेठ १२ पछि जन्मेका र २०६३ जेठ ११ पछि मोआवादी सेनामा भर्ती भएकालाई अयोग्य मानेको थियो । योग्यमध्ये नेपाली सेनामा भर्ती नभई स्वेच्छिक अवकाश लिनेले प्रतिव्यक्ति ५ देखि ८ लाख रुपैयाँ पाएका थिए । सेना समायोजन गर्दा अयोग्य मानिएका लडाकुले कुनै सुविधा पाएका थिएनन् । अहिले उनीहरुलाई २–२ लाख रुपैयाँ दिने गरी कार्यविधि पास गरिएको हो ।
जब कि हालैको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । अघिल्ला वर्षाहरूमा आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर बढी हुँदै आएको थियो । तर यो वर्ष सरकारको राजस्व संकलनमा धेरै कमी आएकाले आधारभूत मूल्यमा भन्दा उपभोक्ता मूल्यको आर्थिक वृद्धिदर कम देखिएको हो । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९÷८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् । यी बाहेक पनि धेरै तथ्यांकले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको स्पष्ट पारेका छन् ।
नेपालको अर्थतन्त्र विशेषगरी रेमिट्यान्स र राजस्वमा टिकेको छ । तर, विदेशबाट आएको रेमिट्यान्स बराबर नै आयात हुने गरेको छ । त्यसकारण यो रकम आएको मात्र मान्न सकिन्छ । अर्कोतर्फ वार्षिक रुपमा उठ्ने राजस्व पनि सरकार तथा कर्मचारीको खर्च, तलब, भत्ता आदिमा खर्च हुने गरेको छ । त्यसकारण नेपालमा विकास निर्माणलाई सरकार आफैले खर्च गर्न सक्ने अवस्था छैन । नेपालले दातृ निकाय तथा देशहरुको सहयोगमा नै विकास निर्माणका काम गरिरहेको छ । उनीहरुबाट पाउने अनुदान, सहुलियतपूर्ण ऋण नै अहिले विकास निर्माणको खर्चको प्रमुख आधार हो । यही कारणले नेपालको ऋण पनि दिनप्रतिदिन बढिरहेको छ । तर, त्यसलाई कसरी तिर्ने, आयातलाई कसरी कम गर्ने, देशमा नै रोजगारी सृजना, उत्पादन वृद्धि कसरी गर्ने भन्नेमा सरकार तथा नेताहरु अनभिज्ञ छन् । बरु उनीहरु देशको अर्थतन्त्र कुनै समस्यामा छैन भन्दै ढाकछोप गर्न व्यस्त छन् ।
नेपालको अर्थतन्त्रबारे अब सरोकारवालाहरु गम्भीर नहुने हो भने ठूलो दुर्घटना निम्तिने जोखिम बढेको छ । त्यो श्रीलंकामा हालै देखिएको जस्तो समस्या हुन सक्छ । श्रीलंकाको राजनीतिमा परिवारवाद हावी हुँदा त्यहाँको अर्थतन्त्र डामाडोल भएको थियो, सर्वसाधारणको जीवनयापन नै मुस्किल भएको थियो । महिनौं आन्दोलनपछि बल्ल त्यहाँको स्थिति सामान्य भएको छ, तर अर्थतन्त्रको अवस्थामा सुधार आउन सकेको छैन । नेपालमा पनि त्यही अवस्था देखिन सक्ने भन्दै अर्थविद्हरुले बेलाबेलामा सचेत गराइरहेका छन् । त्यसका लागि आयातमा निरुत्साहन, आन्तरिक उत्पादनमा प्रोत्साहन, किसानलाई अनुदान, राज्यको अनावश्यक खर्चको कटौती र सुशासन वृद्धि सरकारले जोड दिन आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?

हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?

२ वर्ष अगाडि
बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?

बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक