शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

कुनै पनि देशको अर्थतन्त्र त्यहाँको आन्तरिक तथा बाह्य सूचकहरु, आयात तथा निर्यात, बैंक र वित्तको नाफाघाटाको अवस्था, बजारको चलायमान, सेयर बजार, उत्पादनको कमीवृद्धि र व्यवसायको अवस्थामा निर्भर हुन्छ । यी सूचकहरुको अवस्था सकारात्मक भए मात्र त्यो देशको अर्थतन्त्र पनि ठीक अवस्थामा रहेको मान्ने गरिन्छ । समग्र आर्थिक विकासको पाटोमा महत्वपूर्ण भूमिका रहेका यी सूचकको उतारचढाव नै अर्थतन्त्रको ऐना हो । केही वर्षयता नेपालको अर्थतन्त्र पनि संकटग्रस्त छ । ८ वर्षअघिको भूकम्प, त्यसपछिको कोभिड र लकडाउनलगायत बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्र संकटोन्मुख भएको थियो । एक समय त नेपालले आफ्नो वैदेशिक मुद्रा सञ्चितिका लागि केही निश्चित वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु परेको थियो । तर, अर्थतन्त्र संकटमा भइरहँदा पनि नेपालको एउटा क्षेत्र भने सधैं नाफामा रहिरह्यो, त्यो हो बैंक तथा वित्तीय क्षेत्र ।

चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात कात्तिकसम्मको तथ्यांकलाई नै हेर्ने हो भने पनि वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । उक्त अवधिसम्म नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड खुद नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड तथा प्राइम बैंकले १ अर्ब ५३ करोड खुद नाफा कमाएको छ । यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख र नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ । स्ट्यान्डर्ड चाटडड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड, सानिमा बैंकले ७७ करोड,माछापुच्छ्रे बैंकले ६७ करोड,एभरेष्ट बैंकले १ अर्ब ८ करोड, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड र आरबिबि बैंकले १ अर्ब २० करोड नाफा गरेको छ । यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । बैंकको खुद नोक्सानी २७ करोड ८८ करोड छ ।

चालु आर्थिक वर्षमा मात्र होइन, गत र अघिल्ला वर्षमा पनि बैंक तथा वित्तीय क्षेत्र नाफामा नै थियो । तर, अर्थतन्त्र भने नकारात्मक अवस्थामा हुनु र बैंक तथा वित्तीय क्षेत्र नाफामा हुनुको तालमेल भने मिल्न सक्दैन । अर्थतन्त्रमा संकटकै कारण व्यवसायीहरु निरन्तर घाटामा छन् । मुलुकका ठूला सहरहरुमा अहिले सटरहरु खाली भएका छन् । पहिलोजस्तो व्यवसाय नहुँदा व्यवसायी भाडा तिर्न नसकेर धमाधम व्यवसायबाट पलायन भइरहेका छन् । अर्थतन्त्रका सूचकहरुमा पनि उल्लेख्य सुधार आइसकेको छैन । सेयरबजारमा बल्ल उत्साह देखिन थालेको छ । तर, देशमा नै लगानीको वातावरण सिर्जना भइसकेको छैन । अझै किसानहरु आफ्ना उत्पादन नबिकेर र भाउ नपाएर सडकमा फाल्नुपर्ने अवस्थामा छन् । तीव्र मुद्रास्फीतिका कारण उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । सामान्य आय भएका श्रमिकहरुको जीवनयापन कठिनाइपूर्ण भएको छ ।

अर्थतन्त्रका ऐना मानिने यी क्षेत्रहरु समस्याग्रस्त भइरहँदा बैंक तथा वित्तीय क्षेत्र भने किन नाफामा भए ? व्यवसायी घाटामा भइरहँदा त्यही व्यवसायीलाई ऋण दिने बैंकहरुले कसरी नाफा कमाउन सके ? यसको सोझो उत्तर हो, बैंकहरुको नवसामन्तवादी चरित्र । पछिल्लो समय बैंकहरुले व्यवसायीलाई ऋण दिएपछि आफूखुसी ब्याजदर बढाउने गरेका छन् । निक्षेपमा निकै कम ब्याज दिने बैंकहरु ऋणीलाई आफुखुसी कस्न भने निकै माहिर छन् । घरजग्गा, अटोलोनमा चाहिएजति ऋण दिने बैंकहरु उत्पादनमूलक क्षेत्रमा भने लगानी गर्न हिच्किचाउने गरेका छन् । एकपटक बैंकबाट ऋण लिएका ऋणीहरु जीवनभर त्यसैको ब्याज र सावाँ चुक्ता गर्न बाध्य हुनुपर्ने अवस्था छ । ऋण तिर्न नसकेर धेरैको धितो राखेका घरजग्गा लिलामी पनि भएका छन् । तर, बैंकहरुले आफुखुसी गरिरहँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक लगायतले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पनि निश्चित घरानाको एकाधिकार देखिन्छ । निश्चित व्यावसायिक घरानाले बैंक तथा वित्तीय क्षेत्र, बिमा, लघुवित्तजस्ता क्षेत्रमा लगानी गरेका छन्, आफ्नो व्यवसायका लागि ऋण लिनका लागि उनीहरुलाई कुनै असहजता छैन । उनीहरु नै संसदजस्तो कानुन निर्माणको स्थानमा पुगेका छन् । त्यसैले एउटा निश्चित समूहले नेपालको समग्र अर्थतन्त्र नै प्रभावित गर्ने अवस्था निम्तिएको छ । तर, सरकार भने यस्तो एकाधिकारलाई तोड्न असफल भइसकेको छ । निश्चित व्यावसायिक घरानाका लागि बैंक तथा वित्तीय क्षेत्रमा लगानी दुहुनो गाई बराबर भएको छ । गाउँघरका सामन्त वर्गले गरिबलाई थोरै ऋण दिएर आफुखुसी ब्याज असुल्ने, ऋण तिर्न नसक्ने घरजग्गा कब्जा गर्ने अवस्था थियो, त्यो भूमिकामा अहिले बैंक तथा वित्तीय क्षेत्र देखिएको छ । त्यसैले बैंक तथा वित्तीय क्षेत्रलाई अहिले लगामको आवश्यकता परेको छ ।

सरकारले बैंक तथा वित्तीय क्षेत्रका लागि लगानीका लागि विभिन्न क्षेत्र र रकमको सीमा तोकेको छ । तर, ती क्षेत्रमा पर्याप्त लगानी हुन सकेको छैन । सहुलियत ऋणमा पनि पहुँच निश्चित वर्गको नै छ । कृषि, उद्योग तथा कलकारखाना र नयाँ उद्यमका क्षेत्रमा उनीहरुले न्यून लगानी गरेका छन् । बरु, घरजग्गा र अटोजस्ता अनुत्पादक क्षेत्रमा उनीहरुको लगानी बढिरहेको छ । यसले बैंक तथा वित्तीय क्षेत्रलाई फाइदा पुगे देशको अर्थतन्त्रलाई प्रत्यक्ष नोक्सान भइरहेको छ । उनीहरुलाई सही दिशा देखाउने काम सरकारले गर्न आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?

हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?

२ वर्ष अगाडि
परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक