शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
हनिट्र्यापमा महिलाहरु किन आकर्षित भए ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुले अहिले अपराधकर्म गर्न प्रयोग गर्ने विधि हो, हनिट्र्याप । विशेषगरी महिलालाई प्रयोग गरेर पैसावाल व्यक्तिबाट रकम उठाउने वा अन्य आपराधिक कर्म पूरा गर्ने प्रवृत्ति हनिट्र्याप हो । यस्तै, महिला स्वयंले पनि धनाढ्य व्यक्तिसँग सम्बन्ध बनाएर ब्ल्याकमेलिङ गरी पैसा लिने काम पनि हनिट्र्याप हो । प्रहरीका अनुसार अहिले यस्तो आपराधिक गतिविधि खुबै बढेको छ । यसमा महिलाको प्रयोग हुनु अझ चिन्ताको विषय हो ।
हनिट्र्यापको एउटा उदाहरण हेरौं, हालै काठमाडौं जिल्ला अदालतले ओखलढुंगा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनिट्र्यापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ । अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो । काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनिट्र्याप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।
देवीले एक जुनियर प्रहरी अधिककृतलाई हनिट्र्यापमा पारी १७ लाख रकम असुल गरेपछि जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् । उनले हनिट्र्यापमा पारी सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुंगाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी पाइएको छ । रकम लिई फिर्ता माग्दा देवीले उल्टै काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । तर, अन्ततः अदालतले देवीलाई नै दोषी ठहर गरेको छ ।
प्रहरीका अनुसार पछिल्ला वर्षयता यस्ता हनिट्र्यापका घटना झनै बढेका छन् । यस क्रममा दाङका एक व्यवसायीको मृत्यु नै भएको केही वर्षअघि सार्वजनिक भएको थियो । त्यसैले सुरक्षाकर्मीका लागि यो टाउको दुखाइको विषय बनेको छ । कसरी हुन गरेको छ त हनिट्र्याप ? हनिट्र्यापमा महिला आफै संलग्न हुने वा अन्यले प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता अपराधमा संलग्न रहेका युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने बन्छन् । जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन् । युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन् । समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन् । प्रायः यस्ता युवतीको गिरोह नै हुन्छ । भारतमा यस्तो गिरोहको ठूलो सञ्जाल छ, जुन नेपालसम्म विस्तार भइसकेको छ ।
प्रहरीका अनुसार यो अलग प्रकारको अपराध हो । यसमा प्रेमजालको पासो थापेर लुट्ने र भाग्ने या हत्या गर्नेसम्मका काम हुन्छन् । यस्तो गिरोहले सम्बन्धित व्यक्तिलाई लामो समयदेखि अध्ययन गरेर उसको पछि लागेको हुन्छ । कुनै न कुनै बेला आफ्नो जालमा फँसाएर ब्ल्याकमेलिङ गर्ने, त्यसले पनि काम नगरे अपहरणसम्म हुने गरेका कतिपय घटनाका प्रकृतिले पुष्टि गर्छ । प्रहरीमा आएका घटनामा हनिट्रयापमा पारी लुट्ने, रकम असुल्ने गरेको प्रशस्त भेटिएको छ । तर, कतिपय घटना उच्च घरानीया धनाढ्य अथवा व्यापारी व्यवसायीले प्रहरीसम्म आउन नदिने वा नचाहने गरेको पनि प्रहरीको अनुभव छ ।
खासमा लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ । हनिट्रयाप रुसबाट सुरु भएको थियो । अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआईए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गथ्र्यो, जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो । कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृंखला बनेको छ ।
महिलाको शरीर, बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा पुरूषहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने कलाको रुपमा विकास भएको देखिएको छ, हनिट्र्याप । हनिट्र्यापमा अहिले महिलाको सुन्दरतालाई अर्थोपार्जनको हतियार बनाएर तिनै सुन्दर महिलालाई प्रयोग गरेर पुरूषहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर पुरूषलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने स्थिति तयार गरिएको पाइन्छ । इन्टरनेटको माध्यमबाट युवा एवं प्रौढ, एकल पुरूष आदिसँग कुनै अपरिचित महिलाले आफ्नै सक्कली प्रोफाइलबाट वा कुनै अन्य कुनै सुन्दरीको आकर्षक फोटो राखेको नक्कली प्रोफाइलबाट परिचयको आदानप्रदान हुन्छ । केही पाउने लालचले कुनै पुरूषले त्यसको रेस्पोन्स गरेमा उनीहरुबीचको कुराकानी यतिसम्म गहिरिन्छ, यतिसम्म विश्वासमा पर्छन् कि उनीहरु नित्तान्त व्यक्तिगत कुराकानी समेत गर्न थाल्छन् । शारीरिक सम्बन्ध पनि हुने गरेको पाइन्छ । यसैलाई विभिन्न माध्यमबाट प्रमाण बनाएर उनीहरुले रकमको बार्गेनिङ गर्ने गरेको पाइन्छ ।
नेपालमा हनिट्र्याप बढ्नु र यसमा महिला प्रयोग हुनु चिन्ताको विषय हो । महिला संलग्न हुनुको एउटा कारण बेरोजगारी, कमजोर आर्थिक स्थिति लगायत हुन सक्छ भने अर्को आपराधिक मनोवृत्ति नै । त्यसैले महिलालाई शिक्षित, सचेत र आत्मनिर्भर बनाउने तथा उनीहरु रोजगारीको व्यवस्था गर्न सकेमा हनिट्र्यापका घटनामा पनि कमी आउन सक्छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?

बैंकहरु नाफामा जाँदा व्यवसायी किन घाटामा ?

२ वर्ष अगाडि
परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक