शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

छोटै समयमा भृकुटी फनपार्क अस्तव्यस्त

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
छोटै समयमा भृकुटी फनपार्क अस्तव्यस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा ५ वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका नाममा मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले अन्ततः लिज अवधि बिचमै छोड्ने सोच बनाएका छन् । उनले खेल मनोरञ्जन सञ्चालन गर्न थालेको ९ महिनामै भृकुटी फनपार्क आर्थिककै कारण अस्तव्यस्त बनेको छ ।

समाज कल्याण परिषद्को भृकुटीमण्डप कार्यालय स्रोतका अनुसार मासिक रुपमा नियमित बुझाउनु पर्ने जग्गा भाडा तीन महिनाको बाँकी भइसकेको छ । त्यस्तै, कर्मचारी र काम गर्ने मजदूरलाई केही महिनादेखिको मासिक पारिश्रमिक दिनै बाँकी छ । मासिकरुपमा नियमित बुझाउनु पर्ने भाडा परिषद्ले ताकेता गर्दा समेत बुझाउन नसकेको अवस्थामा सञ्चालक अमात्य भने खेल परिसरमा राखिएका खेलका लगानीकर्ता अर्थात् खेलवाला, स्टलवाला र रेष्टुरेन्टवालासँग मोटो रकम असुलेर विदेशिने तयारीमा रहेको स्रोतले बतायो । तर, परिषद् स्रोतले भने केही रकम डिपोजिट रहेकाले परिषद्ले असुल्नु पर्ने भाडा भने त्यही रकमबाट समायोजन गर्न सक्ने भएकाले कडिकडाउ गरिरहेको छैन ।

समाज कल्याण परिषद्लाई मासिक बुझाउनु पर्ने १६ लाखका दरले तिन महिनाको भाडा तिर्न बाँकी रहेको, भाडा बहालकर, मुल्यअभिवृद्धी कर (भ्याट), कामदार तथा कर्मचारीको मासिक तलव समेत थुप्रै बाँकी रहेको बखत उनी विदेशिने तरखरमा रहेको अमात्य निकट स्रोतले जानकारी दिएको छ । यसअघि खेल मनोरञ्जन सञ्चालन गरिरहेका व्यक्तिलाई उक्त खेल हटाउन दबाब दिएर अर्को कसैलाई खेल सञ्चालन गर्न लगाउने योजना अमात्यले पालीरहेको स्रोतले बतायो । उक्त स्रोतका अनुसार खेल क्षेत्र परिसरमा रहेका स्टलवाला, रेष्टुरेन्टवाला र खेलवालासँग गरी दुई तिन करोड बढी असुलेका सञ्चालक हरिगोपाल अमात्यले निरन्तर घाटा बेहोर्दै जानु परेपछि सबैसँग सम्पर्कविहीन हुन बाध्य भएको स्रोतले बतायो ।

अमात्यले खेल सञ्चालनका लागि पाँच वर्षका लागि जग्गा भाडामा लिएको अवस्थामा एक वर्ष समय अझै गुज्रीसकेको छैन । यहीअवधिमा अमात्यले मारवाडी समुहका कोही कसैलाई प्रलोभनमा पारी बाँकी चार वर्ष अवधिका लागि सब लिजमा जग्गा भाडामा लगाउने भन्दै मोटो रकम असुलेर विदेसिने तरखरमा रहेका हुन् । तर, सवलिजमा दिने प्रावधान भने छैन । यदी अमात्य सम्पर्कमा रहेनन् र साँचिक्कै सम्पर्क विहीन भएको खण्डमा समाज कल्याण परिषद्ले उक्त जग्गाको लिज सम्झौता भंग गर्ने निश्चित छ । यदी लिज सम्झौता भंग भएको खण्डमा थुप्रै व्यवसायीको करोडौं लगानी फस्ने भएपछि उनीहरु यतीबेला आफ्नो लगानीको सुरक्षाका लागि चिन्तीत देखिएका छन् ।

यहीबीच, समाज कल्याण परिषद्का प्रभावशाली एक सदस्यले समाज कल्याणको स्वीकृती विना कोही कसैलाई लिजमा लिएको व्यक्ति वा संस्थाले सव लिजमा दिन पाउने व्यवस्था नरहेको बताए । उनका अनुसार यसअघि भएको सम्झौतामा नै सव लिजमा दिन नपाउने शर्त उल्लेख रहेकाले पनि टेण्डर स्वीकार गरेका व्यक्ति वा संस्था बाहेक अरु कोही कसैलाई समाज कल्याणले नचिन्ने उनको तर्क थियो । तर, यसअघि टेण्डर स्वीकारेका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले भने भित्री कागजका आधारमा उक्त खेलक्षेत्र मारवाडी समुदायका व्यक्तिलाई सुम्पने अन्तिम तयारीमा छन् । अमात्यले छाड्ने भएपछि भृकुटी फनपार्कमा स्टल राख्नेहरुले आफूले गरेको लगानीको र त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नो लामो समयदेखिको पारिश्रमिकको चिन्ता गर्न थालेको अवस्था छ । यस विषयमा भने समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय जानकार छ, छैन रु जानकारीमा आएन ।

यो पनि पढ्नुहोस्

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

५८ मिनेट अगाडि
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक