काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा रोकिएको छ । आज कारोबार भएका १ सय ४४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
६८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर बसेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।
आजको कारोबार ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५ रुपैयाँमा सीमित भएको छ ।


