शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई पुरस्कार प्रदान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
वासु शशी स्मृति परिषद्ले  तीन सर्जकलाई पुरस्कार प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्य क्षेत्रका तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्यको उपस्थितिमा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरे ।

यसैगरी परिषद्ले करिब आधा शताब्दीदेखि नेपाली साहित्य क्षेत्रमा निरन्तर कलम चलाइरहनु हुने कवि श्यामल (हरिहर अधिकारी)लाई २५ हजार रुपियाँ नगदसहित २०७९ सालको ‘वासु शशी साहित्य पुरस्कार’ प्रदान गरेको छ । यस्तै ‘वासु शशीका नाटकमा नाट्यतत्त्व’ शीर्षकमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गरेको छ ।

सो अवसरमा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको तेस्रो कृति ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरू व्यक्तित्वहरू हिरण्य भोजपुरे, श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए ।

साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठले वरिष्ठ कवि एवं नाटककार वासु शशी, हिरण्य भोजपुरे, श्यामल, डा. गोपीकृष्ण खतिवडाबारे सङ्क्षिप्त परिचय दिएका थिए । कवि यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सुमन वर्षाले साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रहबारे चर्चा गरेकी थिइन् भने परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुहोस्

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

२ मिनेट अगाडि
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक