तनहुँ । व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु सेवा गरेको छ ।
विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो । यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ ।
सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए । विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो ।
उनले भने, ‘विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।’ विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् ।


