काठमाडाैं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले आफ्नो पहिलो ‘Brand Week’ Campaign ‘Shop Smart, Save Big’ ट्याग लाइन सहित चैत्र ८ गते देखि सुरु गरेको छ।
सो अभियान चैत्र १४ सम्म जारी रहने कम्पनीले जनाएको छ। अभियान अन्तर्गत ग्राहकहरूले निम्न अनुसारका ब्रान्ड हरूमा ६५% सम्म छुट प्राप्त गर्न सक्ने छन्।
1. Bella Vita – Up to 20%, 2. Konka – Up to 33% 3. Rangoli – Up to 65% 4. Goldstar – Up to 20% 5. Neptrends Ecommerce Pvt. Ltd – Up to 40% 6. Mum Love – Up to 50% 7. My Power – Up to 20% Brand week का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यस अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ। सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिज बजार अनलाइन सपिंग एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।


