शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनदिने निःशुल्क आँखाको शल्यक्रिया

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
तीनदिने निःशुल्क आँखाको शल्यक्रिया
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी  । बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन्। विगत पाँचवर्षदेखि मधुरो मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा बुधबार सम्पन्न तीनदिने निःशुल्क आँखाको शल्यक्रिया शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्न सक्ने भएका हुन्।

जिल्लाको बेनीनगरपालिका– २ खबराका खड्का शल्यक्रिया पश्चात् स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकहरूसँग गीत गाएर नाँच्दै खुसी व्यक्त गरे। डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताए।

त्यसैगरी बेनीनगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो। बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया पछि आँखा देखेको खुसीमा चिकित्सककै अघि नाचेर रमाइलो गरे।

बेनीनगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हातपाखुरासँगै आँखाले पनि धोका थियो।

दिलबहादुरको दुई वर्ष अगाडि शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुवै आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खानाखानेदेखि शौचालयसम्म आफन्तको साहरामा पुग्ने गर्दथे।

७३ वर्षीय भिमबहादुर थापा र ६६ वर्षीय समबहादुर थापा आँखा बन्द भएपछि करिब दुई वर्ष निकै कष्टपूर्ण तरिकाले विताए।

तीनै जना एकल पुरुष हुन्। श्रीमान र श्रीमतीभनेको एक रथका दुई पांग्रा हुन्। जीवनमा सुखःदुखका लागि एकदम आवश्यक भए पनि उनीहरूले पाखुरामा बल हुदाँसम्म मजदुरी गरी जीवन बिताए।

समाजमा एकल पुरुष पनि साहराविहीन जस्तै भएको महसुस बुढेकालमा आँखा नै बन्द भएपछि उनीहरूले महसुस गरेका थिए।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट दुवै आँखा खुलेपछि वृद्धहरूमा छुट्टै चमक देखिन्छ। आँखाबन्द भएपछि दिनपनि राज जस्तै मानेर बिताउनु परेकाहरूका लाई मोतियाविन्दुको शल्यक्रियाले संसारलाई फेरी हेर्न मौका पाएका छन्।

‘अब पकाएर खान सक्छु, मागेर ज्यान पाल्न पनि सक्छु’, वृद्ध दिलबहादुरले भने। उनले आँखा खुलेपछि तन्नेरी महसुस भएको बताउँदै घरायसी काम गर्न सक्ने भएर फर्किएको बताए।

‘अब मैले नयाँ आँखाबाट सबैलाई हेर्न पाउँछु,जीवनको अन्तिम इच्छा पनि पूरा भयो’ वृद्ध भिमबहादुरले भने। उनले आफ्नो साहरा एउटा लौरो र अब आँखा भएको बताए।

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसालबाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गएको आइतबारदेखि मंगलबार ९चैत ५ देखि ७० गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो।

तीमध्ये ३ जना रोगीहरूको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले बताए।

‘एकलमहिला र पुरुषलाई बरदान नै भयो,घरमा एक्लै भएकाहरूले अव घरायसी काम गर्न सक्ने भए’, अध्यक्ष बानियाँले भने।

उनका अनुसार ८ सय ६९ जना आँखाका विभिन्न रोगी तथा बिरामीहरू लाभान्वित भएका छन्। निःशुल्क आँखाजाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो। शिविरको पहिलो दिन आइतबार १६ जना, दोस्रो दिन सोमबार ३२ जना र तेस्रो तथाअन्तिम दिन मंगलबार ३४ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै मोतियोविन्दु रोगको उपचार गर्न पाउँदा ज्येष्ठ नागरिक दंग परेका छन्।

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन ३ सय १३ जना, दोस्रो दिन ३ सय ५९ र तेस्रो दिनमा १ सय ९७ जनाले आँखाको चेक जाँच गर्नुका साथै परामर्श सेवा लिएका थिए। शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर अन्जु गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बिरामीहरूमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए।

शिविरमा आएका बिरामीहरूमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ भने थप उपचारका लागि रिफर गरिएको जनाइएको छ। एक जनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ।

यो पनि पढ्नुहोस्

भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

१ घण्टा अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक