बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।
‘अघिल्लो पटक पुस २६ मा हामीले प्रचण्डलाई विश्वासको मत दिएनौं । प्रचण्ड बालकोट जानै हुँदैनथ्यो भन्ने हाम्रो भनाइ थियो । त्यतिबेला उहाँलाई मत दिने सबै थिए । हाम्रो मतको खाँचो पनि थिएन । अब पुरानो गठबन्धन कायम भएको छ । बालकोटबाट फर्केपछि दिनैपर्‍य नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले भने ।
नेता केसीले सरकारलाई समर्थन गरे पनि मन्त्रिपरिषद्मा भने पार्टी सामेल नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन । हामी सरकारमा जानुको कुनै औचित्य छैन । गठबन्धनमा बसेका जति सबै हाम फालेर जानुपर्छ, सरकारमा झुम्मिनुपर्छ झुँडिनुपर्छ भन्ने त छैन नि । अरु धेरै लुगा फेरेर बसेकै छन् नि ।’
राजनीतिलाई व्यापार व्यवसाय ठान्नेहरुका कारण संसदीय व्यवस्था नै बदनाम भएको केसीको तर्क छ । उनले थपे, ‘सरकारमा जानै हुन्न भन्ने हाम्रो सैद्धान्तिक मान्यता होइन । तर जनमोर्चा गाईजात्रा देखाउन सरकारमा जाँदैन । २८, ३० वर्षदेखि राजनीतिलाई व्यापार व्यवसाय मान्नेहरु सरकारमा गएकै छन् । आफ्नो दुनो सोझ्याएकै छन् । उनीहरुले के गरे त खोइ ? सरकारमा गएर कमाउनै पर्छ, चुनावको खर्च उठाउनुपर्छ, अर्को चुनावमा खर्च गर्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौं ।’
द्वन्द्वसँग सरोकार नभएकालाई निर्दोष मानिसको अपहरण, हत्या र बलात्कार भएकाले माफी दिन नहुने पनि केसीले औंल्याए । उनले भने, ‘पीडितलाई इन्साफ दिनुपर्छ । यो कुरा हामीले आज भनेका होइनौं । हिजोदेखि नै भन्दै आएका हौं । शान्तिप्रक्रियाका नाममा हत्या, अपहरण र बलात्कारमा संलग्न अपराधीलाई कसरी माफी दिने ?’

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

६ घण्टा अगाडि
अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

वित्तीय संस्थाले कर्जामा ५० लाखसम्मको अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक