बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वेदव्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवानिवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेख्नुभएको हो ।

शिवपुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उहाँले प्रकाशन गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गर्नुभएका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाउनुभएको थिएन । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गर्नुभएका उहाँले लामो समय अर्थ मन्त्रालयमा काम गर्नुभयो ।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गर्नुभएका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाउनुभएको थिएन । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गर्नुभएको थियो । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवानिवृत्त भएर उहाँले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाल्नुभयो ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो ? आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उहाँले बताउनुभयो । चार वटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उहाँले सङ्कल्प गर्नुभयो । यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ ।

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गर्नुभएका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिनुहुने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उहाँ पूर्वीय दर्शनमा डुब्ने चाहना राख्नुभएको थियो ।

अर्थशास्त्रको यही समस्या समाधानका लागि उहाँले पुराण गहिरिएर अध्ययन गर्न थाल्नुभयो । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उहाँका १८ वटै पुराण प्रकाशन गरिदिए । पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उहाँको घरमा पुग्नुभयो । लामिछानेले नै प्रकाशक संस्था विश्व स्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराउनुभयो ।

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिनुभएको छ । केही पुराणका लागि भने उहाँले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिनुभएको हो । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ । पहिलो संस्करणमा सबै पुराण एक÷एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उहाँले दिनुभयो । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ । अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् ।

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउनुहुन्छ । नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउनुहुँदै उहाँ यो अत्यन्त वैज्ञानिक रहेको सुनाउनुहुन्छ । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ । “संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ”, पोखरेलले भन्नुभयो ।

सेवानिवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उहाँले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आउनुभएको छ । हाल उहाँ जयतु संस्कृतम् संस्थाको अध्यक्ष हुनुहुन्छ ।

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्दपुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाउनुभयो । सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गर्नुभएको हो । मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी, राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्दपुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्दपुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउनुहुन्छ ।

रासस

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक