काठमाडौं । आज बस्ने प्रतिनिधिसभाले चलचित्र विधेयक अघि बढाउने भएकाे छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्न लागेकाे हाे । जहाँ सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा पनि जानकारी गराउँदैछन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यसपछि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
अर्थमन्त्री डा. वाग्लेले छलफलका क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यक्रम पनि छ । अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि छ ।


