बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल प्रज्ञा-प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित गरेको छ।

प्रतिष्ठानले भाषा साहित्यका विविध क्षेत्रमा अनुसन्धान गराउँदै आएको छ। यसै क्रममा प्रतिष्ठानबाट समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित भएको हाे।

साहित्यकार/समालोचक प्रेमनारायण भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रमअन्तर्गत उक्त पुस्तक तयार पारेका हुन्।

लेखकले यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको बताएका छन्। परम्परागत रूपमा गरिँदै आएको अध्ययनभन्दा यस किताबमा फरक किसिमले कथाको विश्लेषण गरिएको कुरा उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा व्यक्त गरेका छन्।

गद्य आख्यान विभागकी प्रमुख कथाकार माया ठकुरीले भुसालका कृतिमा मनका कुण्ठा, पीडा आक्रोश आदि नकारात्मक पक्षको सूक्ष्म विश्लेषण भएको बताएकी छन्।

पुस्तक चार परिच्छेदमा रहेको छ। पहिलो परिच्छेदमा भएका विषयवस्तु साहित्यिक मूल्यले मात्र होइन, मनोविज्ञानमा रुचि राख्ने जो कोहीका लागि उपयोगी देखिन्छन्। यस खण्डमा मनोविज्ञानको सैद्धान्तिक अवधारणा दिइएको छ। मनोविज्ञानका सामान्य र असामान्य दुवै पक्षको मनोविज्ञानका क्षेत्रमा देखा परेका विभिन्न सम्प्रदायहरूको परिचय समेत दिएको छ। कृतिमा मनोविज्ञानका सामान्य र असामान्य दुवै धारको विस्तृत वर्णन गरिएको छ।

अमेरिकी मनोचिकित्सा संघद्वारा प्रकाशित मानसिक समस्याहरूको निदान र साङ्खिकीय पुस्तिका (डिएसएम पाँच)ले निर्धारण गरेका असामान्य मनोविज्ञानका हरेक पक्षको सटिक विश्लेषण गरिएकाले मनोविज्ञानमा रुचि राख्ने पाठकका लागि यो कृति राम्रो स्रोत सामग्री बनेको छ। मनोविज्ञानका आधुनिक सिद्धान्तका कसीमा नेपाली कथा विश्लेषणका आधारहरूसमेत निर्माण गरिएकाले कृति साहित्यिक र साहित्येतर दुवै थरी पाठकका लागि रुचिकर बन्ने देखिन्छ।

दोस्रो परिच्छेदमा नेपाली कथाको समकालीनता अन्तर्गत समकालीन नेपाली कथाको समयावधि निर्धारण गरिएको छ। नेपाली साहित्यमा मनोविज्ञानको प्रवेश के कसरी भयो भन्ने कुराको ऐतिहासिक तथ्य यस खण्डमा प्रकाश पारिएको छ ।

कृतिको तेस्रो परिच्छेद भने प्रमुख साहित्यिक पत्रिकामा प्रकाशित मनोवैज्ञानिक कथाको अध्ययनमा केन्द्रित रहेको छ । नमुनाको अध्ययन गरी प्रवृत्तिगत रूपमा प्रतिनिधित्व गर्ने कथाकारहरूको चयन र उनीहरूका कृतिमा प्रयोग भएको सामान्य र असामान्य मनोविज्ञानका पक्षहरू माथि गहन अध्ययन गरिएको छ।

अध्ययनको सारांश र निष्कर्षलाई चौथो परिच्छेदमा समावेश गरिएको छ । नेपाली कथा साहित्यमा देखापरेको मनोवैज्ञानिक प्रवृत्तिको सूक्ष्म विश्लेषण यस खण्डमा गरिएको छ।

भुसालका कथा कविता तथा मनोवैज्ञानिक लेख रचना विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन्। उनले गत वर्षमात्रै बालबालिकासँग कस्तो व्यवहार गर्ने ? शीर्षकको पुस्तक पनि प्रकाशन गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक