विश्वकप फुटबल अन्तर्गत जारी पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ। पहिलो गोल गरेको ५ मिनेट भित्र दुई गोल गरेको अर्जेन्टिनाले ३४ औ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।
जुलियन अल्भारेजलाई क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
चार मिनेट पछिनै अल्भारेजले काउन्टर याट्याकमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए। यो अग्रतासँगै अर्जेन्टिनाले खेलमा पकड बनाएको छ। विजेता टिमले फ्रान्स र मोरक्कोसँगको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।
विश्वकपको सेमिफाइनल खेलमा उत्रिएसँगै अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेसीले अर्जेन्टिनाका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबरी समेत गरेका छन्।