शुक्र, कार्तिक ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।

महोत्सवको आयोजक संस्था संवाद फाउण्डेसनले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र सँस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको महोत्सवको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक कार्यक्रमविच उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

जनकपुरधामको मैथिली विकास कोषको भवनमा आयोजना हुने उक्त महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीको तीन हजार पाँचसयभन्दा बढी आवेदन प्राप्त भएको बताइएको छ । जसमध्ये महोत्सवका लागि दश विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने कार्यक्रम रहेको संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले जनाउनुभयो ।

उहाँले प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जानकारी दिदै नेपालसहित भारत, फ्रान्स, चिन, युके, इरानसहितको देशका फिल्महरु प्रदर्शन गरिने कार्यक्रम रहेको जनाउनुभयो ।

उहाँले मैथिली विकास कोषको तीन वटा हलमा स्क्रेनिङ्गको व्यवस्था गरिएको बताउनुभयो । तीन दिवसीय महोत्सवमा ६२ लाख रुपियाँको लागत रहेको भन्दै विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भइरहेको जनाउनुभयो । पत्रकार सम्मेलनमा निर्णय मण्डलको रुपमा रहनु भएका फ्रान्सका कोलेटले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने तथा साँस्कृतिक विविधताको प्रवर्धन गर्ने महोत्सवको लक्ष्य रहेको भन्दै महोत्सवले नेपाली युवालाई प्रेरणा र अवसर दिन तथा फिल्म निर्माता एवम् कलाकारबिच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने जनाउनुभयो ।

उहाँले स्थानीय र विश्व सिनेमा बिचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुगाउँदै अन्य देशका चलचित्र र कथासँग गहिरो सम्बन्ध जोडने भन्दै यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबिचको सांस्कृतिक सहकार्य र सामीप्यता बढाउन मद्दत गर्ने जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

५ दिन अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक