शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितिन्

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जित हासिल गरेकी छिन् ।

बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबीच निकै कडा प्रतिस्पर्धा भएको थियो ।

सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए । निकै भव्य र्याम्पमा आयोजना गरिएको यो रोमाञ्चक तथा शालिन प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए ।

विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए । झण्डै दुई महिना लामो कठोर प्रशिक्षणपछि सहभागिहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए । आकर्षक साज–सज्जा तथा प्रकाश संयोजनसहितको र्याम्पमा साँझ छ बजेदेखि प्रारम्भ भएको प्रतियोगिताको पहिलो चरणमा प्रतियोगिताको तयारी क्रममा गरिएका सम्पूर्ण गतिविधिहरु समेटिएको भिडियो अर्थात जर्नी भिडियो प्रस्तुत गरियो ।

भिडियोमा प्रतिस्पर्धिहरुको यात्रा तथा मिसेस भोग नेपालका विभिन्न अभियानहरु समेटिएको थियो । प्रतियोगिताको पहिलो सिक्वेन्स ‘कल्चरल राउण्ड’ मा प्रतिस्पर्धिहरुले विभिन्न संस्कृति झल्किने पहिरनमा प्रस्तुत भएर आफ्नो परिचय दिएका थिए । लोसिना शाक्यको नृत्य प्रस्तुतिसंगै अघि बढेको प्रतियोगिताको दोस्रो सिक्वेन्स मुकु सिक्वेन्स तथा इनोरा सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूलाई विभिन्न हाउभाउमा प्रस्तुत गरेका थिए । राहुल श्रेष्ठको गायनमार्फत अघि बढेको प्रतियोगिताको चौथो ‘लेट्स ड्रेस यूकेटिएम’ सिक्वेन्समा सबै प्रतिस्पर्धिेहरुले आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए ।

आरजू क्लोथिङ सिक्वेन्समा पनि प्रतिस्पर्धिहरुले उक्त ब्राण्डका पहिरनहरु प्रदर्शन गरेका थिए । त्यसपछिको ‘प्रेटी ओमन सिक्वेन्स’ मा प्रतिस्पर्धिहरु स्टाइलिस शैलीमा प्रस्तुत भए । त्यसपछि स्टेजमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मायाबी’ का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई तथा निर्माता ध्रुव न्यौपाने प्रस्तुत भएर फिल्मको गीत तथा ट्रेलर प्रदर्शन गर्दै उपस्थित दर्शकलाई फिल्मका बारेमा जानकारी गराए । त्यसपछि हाउस अफ फेसन मोडल रनवे अन्तर्गत कोरियन ब्यूटी प्वान्टका उत्पादनहरु प्रदर्शन गरियो । त्यसपछिको ‘पाम्पाज कटियर सिक्वेन्स’ मा सबै प्रतिस्पर्धिहरु आकर्षक रनवेमा सहभागि भए । त्यसपछि उत्कृष्ट १०, उत्कृष्ट ७ हुँदै निर्णायक चरणका लागि उत्कृष्ट पाँच जना प्रतिस्पर्धिको घोषणा गरियो ।

उत्कृष्ट पाँचबीचका अन्तिम प्रतिस्पर्धापछि विजेताको घोषणा गरियो । मिसेस भोग नेपाल २०२५ मा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल तथा सञ्जु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

यो पनि पढ्नुहोस्

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

१ महिना अगाडि
‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक