शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

क.आलेको ५४औं स्मृति दिवस सन्दर्भमा कम्युनिष्ट आन्दोलनका एक अबिस्मरणीय योद्धा क.एकदेव आले

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
क.आलेको ५४औं स्मृति दिवस सन्दर्भमा  कम्युनिष्ट आन्दोलनका एक अबिस्मरणीय योद्धा क.एकदेव आले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुवेदी
नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा ब्यक्तित्वको नाम हो कमरेड एकदेव आले ! जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिष्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अबिस्मरणीय योगदान पु¥याएका छन् । तनहुँ जिल्लको मानौं गाउँमा एउटा गरीब किसान परिवारमा जन्मिएका थिए आले । उनको तन्नेरी उमेर हली गोठालोमा बित्दै गर्दा गाउँका आफ्ना अरु दौंतरी जस्तै उनी पनि बृटिश गोर्खा फौजमा भरना भएर जानी नजानी त्यस बेलाको बिश्वको फासिष्ट शक्ति जर्मनीको बिरुद्धको धावामा युद्ध मोर्चामा सामेल भए दोश्रो बिश्व युद्धको बेला । त्यस क्रममा उनले यूरोपका बिभिन्न देशहरु देखे । त्यहाँको उन्नति प्रगति हेरे र आफ्नो देशको दुर्दान्त र दारुण अवस्थासँग तुलना गरे । शिक्षा लिए ।
दोश्रो बिश्वयुद्ध पछि बृटेनले ’काम चल्दाको भाँडो, काम सकिएपछि ठाँडो’ भने जस्तै गरी गोर्खा सिपाहीहरुलाई बिदा ग¥यो । लाहुरे एकदेव पनि अरुसँगै स्वदेश फर्किए । तर आफु लाहुरे बनेर र्फकदा उनको मनमा देशलाई राणा शासनबाट मुक्त गर्नु पर्ने हुटहुटी पलाइसकेको थियो । त्यसैले बृटिश भारतबाट भारतीय स्वतन्त्रताको आन्दोलनको कारण बृटिश शासक बर्गले बिदा लिदै गरेको बेला लाहुरबाट स्वदेश नेपाल फर्किएका एकदेव आले आफ्नो देशमा राणा शासन बिरोधी आन्दोलनमा सक्रिय भए । उनको फौजी पृष्ठभूमिले गर्दा स्वभावतः उनी मुक्त योद्धाकै भूमिकामा क्रियाशील भएर लागे । तर जहाँनियाँ एकतन्त्री राणाशासन बिरोधी आन्दोलन सम्पूर्ण सामन्ती ब्यबस्थाकै बिरुद्ध बिकसित हुन थाले पछि ’दिल्ली सम्झौता’ गरेर क्रान्तिलाई आधा अधूरै छाडिदा एकदेव आले लगायतका मुक्ति योद्धाहरु भिमदत्त पन्त, डा. के आई सिंह, चित्रबहादुर गुरुङ्ग, रामप्रसाद राईहरुको मन कुडियो । उनीहरुले हतियार बिसाउन मानेनन् । त्यसैले पक्राउ परे र थुनिए । तर क्रान्तिकारी योद्धा एकदेवले थुनछेकलाई पनि छिचोल्दै ’जेल ब्रेक’ गरेर बाहिर निस्किए र दिल्ली सम्झौताको बिरोध गरे बापत सिंहदरबार फौजी गारतमा थुनामा रहेका डा. केआईसिंह लाई पनि अर्का फौजी योद्धा रामप्रसाद राईसँग मिलेर सिंहदरबार गारतबाट मुक्त गरे । यो सानो बिद्रोह थिएन । जुन बिद्रोहलाई केहाईसिंह काण्ड पनि भन्ने गरिन्छ । त्यस बेलामा उनीहरुले गठ्ठाघर(जो फौजी हातहतियार राख्ने स्थान हो त्यतिबेलाको) कब्जा गरे, ’आकाशबाणी अफिस’ कब्जा गरे र यसरी ठूलो बिद्रोहको बाटो पक्रिए । यो वास्तवमा नेपालको इतिहासमा चानेचुने घटना थिएन । यसरी समग्रगमा जुन के आई सिंह काण्ड भनिन्थ्यो त्यो यथार्थमा ’एकदेव आले र रामप्रसाद राई काण्ड’ थियो । तर त्यसरी के आई सिंहलाई बाहिर निकाले पछि केआई सिंह चीनको तिब्बततिर भागे । रामप्रसाद रार्ई त्यहीदेखि बेपत्ता पारिए या मारिए अहिलेसम्म कुनै अत्तोपत्तो छैन । एकदेव आले पुनः पक्राउ परे । त्यसपछि नै जेलमा पक्राउ परेका अरु कम्युनिष्ट साथीहरुसँग सम्पर्कमा आले आइपुगे । उनी देशको कम्युनिष्ट आन्दोलनमा सरिक हुने बातावरण यसरी सिर्जना भयो । जेलबाट छुटे पछि कामरेड पुष्पलालको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर उनी गण्डकी अञ्चलमा किसानहरुका बीचमा काम गर्ने जिम्मेवारीकासाथ सामन्तबाद बिरोधी किसान आन्दोलनमा सक्रिय भएर लागे ।
किसानहरुका बिचमा काम गर्दा एकदेव आलेले बाझो र पर्ती जग्गा गरीब सुकुम्बासी किसानहरुलाई बितरण गर्ने र उनीहरुलाई जग्गाको मालिक बनाउने आधारभूत कार्य गर्न थाले लागे । नेपालको इतिहासमा शायद एकदेव आले नै पहिलो ब्यक्ति हुनु पर्दछ जसले ब्यवहारतः ’जग्गा जोत्नेको’ नारालाई साकार रुप दिने र ब्यवहारमा खरो उतार्ने ! यद्यपि पश्चिम नेपालमा पनि दिल्ली सम्झौताको बिरोध गर्ने किसान नेता भीमदत्त पन्त जस्ताा ’कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब हुन्न भलो’ भनेर सामन्ती जमिन्दार बर्गलाई लल्कार्ने एक साहसी र सचेत योद्धा एकदेबकै समकालीन थिए । यसरी हली, गोठाला, सुकुम्बासी किसानहरुलाई संचेत र संगठित गर्ने र कम्युनिष्ट आन्दोलनलाई साँच्चै नै बर्ग आधारित आन्दोलनमा बिकसित गर्न तल्लिन एकदेव आले ०१७ सालको प्रतिगामी शाही फौजी काण्डपछि अरु बाम तथा लोकतान्त्रिक नेताहरु जस्तै पक्राउ नपर्ने कुरै थिएन । पक्राउ परेको एक बर्षपछि उनी पुनः पाल्पाको जेल प्रशासनको मन मस्तिष्कमा त्यति बेला ‘नौ ग्रह जुधेर प्रलय हुन लागेको’ भन्ने जुन अन्धबिवासयुक्त हल्ला चलाइएको थियो त्यसका आधारमा आँखामा धूलो छरेर जेलबाट चलाखीपूर्ण तरीकाले बाहिर निस्केर सिधै कमरेड पुष्पलालसँग बनारसमा कम्युनिष्ट पार्टी हेडक्वाटरमा सम्पर्कमा आइ पुगे । नेपाल कम्युनिष्ट पार्टीमा ०१७ सालको शाही प्रतिगामी कदमपछि त्यसै कुरालाई लिएर तीब्र मतभेद पैदा भएको कमरेड पुष्पलालले त्यसलाई प्रजातन्त्रको हत्या गर्ने प्रतिगामी कदमकोरुपमा ब्याख्या गरेर बाम तथा प्रजातान्त्रिक शक्ति एकजुट भएर लड्नु पर्ने कार्यनीति अघि सारेका थिए भने डा. केशरजंग रायमाझीको नेतृत्वमा राजाबादी कम्युनिष्टहरुले राजाको कदम राष्ट्रीय हितमा चालिएको प्रगतिशील कदम भनेर राजाको समर्थनमा कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गरेका थिए । मूलत यसै कुरालाई लिएर २०१९ को तेश्रो महाधिवेशन पछि बिभाजित भएर बिभाजित भएको कम्युनिष्ट आन्दोलन ठूलो अल्मल र अन्योलमा परेको बेला एकदेव आले जस्ता योद्धा समेतको साथ पाएर कामरेड पुष्पलाल भने ’सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाको बिकल्प ः नयाँ जनवादी गणतन्त्र’को कार्यक्रम ’नयाँ जनवादी’ कार्यक्रम मस्यौदा गर्न लागि परेका थिए । यस कुरामा एकदेवा आलेको पूर्ण समर्थन र योगदान रहेको थियो । यसै कार्यक्रमलाई अघि बढाउन २०२५ सालमा नेपाल कम्युनिष्ट पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन गरी क्रियाशील भइरहेको बेला कामेरड एकदेव आलेलाई गम्भीर क्यान्स रोगले फक्रियो ।
भारतको दरभंगामा क्यान्सर रोगको उपचाररत रहेका बेला आफु बाच्ने आशा कम भएको वास्तविकता बुझे पछि उनले आफुलाई उपचार गर्ने चिकित्सकलाई भनेका थिए ः’डा.साहेब मलाई अस्पतालमा मर्नु नपरोस्, म मेरै देशमा सामन्तबादसँग लड्दै मर्न चाहन्छु’ । यद्यपि चिकित्सकहरुको अथक प्रयत्नले पनि आलेको जीवन बचाउन सकेन । जनताका निमित्त देशी बिदेशी शक्तिको शोषण, अन्याय र अत्याचारका बिरुद्ध सँधै अलख जगाइराख्ने र समाजवादको धेय प्रति अटुट आस्था राख्ने कामरेड पुष्पलालका एक अन्यन्य सहयोद्धाको २०२५ साल माघ १२ गते दुःखद देहाबसान भयो ।
कामरेड पुष्पलाल आफ्ना एक अनन्य एवं निष्ठाबान सहयोद्धा नेपाली कम्युनिष्ट आँन्दोलनले असमयमा गुमाएकोमा अत्यन्तै चिन्तित भएका थिए । उनले आले जस्ता देश र जनताप्रति शतत समर्पित, सिद्धान्तनिष्ठ र संघर्षशील अग्रज योद्धा गुमाएकोले कम्युनिष्ट आन्दोलनले एक होनहार नेताबाट बिमुख हुन परेको अत्यन्तै पीडादायक अबस्थाको उल्लेख गर्दै र कामरेड आलेका असल क्रान्तिकारी जीवन तथा कर्मबाट शिक्षा लिएर अघि बढ्न सम्पूर्ण सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई सामन्तबाद र साम्राज्यवादका बिरुद्ध सम्झौताहीन र निर्णायक संघर्षमा लाग्न आह्वान गर्दै यसो गर्न सकेमा मात्र कामरेड एकदेव आलेले नेपालको जनवादी आन्दोलनमा पु¥याएको महत्वपूर्ण योगदान र कामरेड आलेको पनि उचित सम्मान हुने कुरा औंल्याएका थिए । हुन पनि कामरेड आले सादा जीवन र उच्च बिचारका एक कर्मशील र उच्च क्रान्तिकारी नैतिकताका धनी ब्यक्तित्व थिए । उनी सामान्य पढालेखा मात्र भए पनि त्यतिबेला दलीय राजनीति प्रतिबन्धित रहेको अबस्थामा मूलतः भारतको गोरखपुर, कुँडाघाटमा बसेर नेपालबाट भारतको बनारस र अन्यत्र उच्च शिक्षा लिन र कामको खोजीमा जाने यूवा बिद्यार्थीहरुलाई सम्झाएर सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाका बिरुद्ध क्रान्तिकारी बाटोमा लाग्न निरन्तर उत्प्रेरित गर्ने गर्दथे । उनको तर्कपूर्ण, प्रष्ट र बिश्वासिलो किसिमको सम्झाउने शैली, सर्ब साधारणसँगको मृदु ब्यवहार र सादा जीवन देखेर यूवा बिद्यार्थीहरु उनीबाट प्रभावित हुन्थे र कम्युनिष्ट पार्टीमा सरिक हुने अठोट गर्दथे । यो कम महत्वपूर्ण कुरा थिएन ।
आफ्ना एक इमानदार, क्रान्तिप्रति समर्पित तथा निष्ठाबान सहयोगद्ध एकदेव आलेको असामयिक दुःखद निधनले मर्माहत भएका कामरेड पुष्पलालले कामरेड आलेको समग्र जीवन र कर्मप्रति समर्पित एउटा निक्कै लामो लेख ’कामरेड आले र साधु कामी’ शीर्षकमा लेखेका थिए । जुन लेख तत्काल प्रकाशित हुने गरेको ’भुकभुको’ पत्रिकामा प्रकाशित र सुरक्षित छ । त्यो लेख अहिले पनि क्रान्तिकारीहरुमा उत्साह जगाउने खालको र अत्यन्तै पठनीय एवं कार्यनीतिक महत्वको छ । त्यस लेखमा कामरेड पुष्पलालले एउटा हली, गोठालो र लाहुरे कसरी एउटा सिद्धान्तनिष्ठ, क्रान्तिकारी कम्युनिष्ट योद्धा र नेपाली जनताको अबिस्मरणीय र असल नेता बन्न सक्तछ भन्ने कुरामा यथेष्ठ प्रकाश पारेका छन् । आजको बिचलित र बिश्रृंखलित भएको नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिने हो भने सबै क्रान्तिकारी, जनवादी तथा देशप्रेमी कम्युनिष्टहरुले कामरेड एकदेबबाट सिक्नै पर्दछ । उनको अनुसरण गर्नै पर्दछ ।

 

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१५ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक