बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

श्रीमान्‌काे सपना सकार बनाउन हवाई सेवामा जोडिएकी थिइन् अञ्जु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
श्रीमान्‌काे सपना सकार बनाउन हवाई सेवामा जोडिएकी थिइन् अञ्जु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं – श्रीमान्‌को विमान दुर्घटनामा निधन भएपछि पाइलट बनेकी अञ्जु खतिवडा पनि विमान दुर्घटनामै परेकी छन्।

विराटनगरकी अञ्जुको काठमाडौंको बुढानीलकण्ठका दीपक पोखरेलसँग विवाह भएको थियो। पोखरेल यती एयरलाइन्सको विमानमा को–पाइलट थिए। उनी को–पाइलट रहेको बेला सन् २००६ मा जुम्लामा यतीको विमान दुर्घटना भएको थियो। सुर्खेतबाट जुम्ला उडेको उक्त विमान दुर्घटना हुँदा को–पाइलट पोखरेलसँगै ९ जनाले ज्यान गुमाएका थिए।

पाइलट श्रीमान्‌को विमान दुर्घटनामा ज्यान गुमाएर पारिवारिक वियोगमा रहेकी अञ्जुले पनि पाइलट नै बन्ने अठोट गरिन्। त्यसपछि उनले आफ्नो अध्ययन पाइलटतर्फ मोडिन्। अमेरिका गएर पाइलट कोर्ष पूरा गरिन्। अञ्जुले नेपालमा झण्डै १०० उडान भरिसकेकी थिइन्। उनै को–पाइलट अञ्जुले श्रीमान्‌कै जस्तो नियति भोग्नुपर्‍यो।

विमान दुर्घटनामा श्रीमान् गुमाएको झण्डै १७ वर्षपछि अञ्जु पनि दुर्घटनामा परिन्। आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा अञ्जुसँगै ७२ जना परेका छन्। विमानमा चालक दलका सदस्य ४ र बाँकी ६८ जना यात्रु रहेका थिए।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको नाइन एन–एएनसी, एटीआर–७२ वायुयान पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। बिहान करिब १० बजेर ५४ मिनेटमा दुर्घटना भएको हो।

दुर्घटनामा परेकामध्ये अहिलेसम्म ६४ वटा शव निकालिसकिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक