बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आयोगले विभिन्न ७ वटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गर्ने गरी २०८० असार १८ गते नै त्यसको प्रारम्भिक मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो ।

मतदाता नामावली ऐन, स्थानीय तह निर्वाचन ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनलाई एकीकृत गरेर एउटै ऐन बनाउन लागिएको हो । लामो समयदेखि उक्त मस्यौदा मन्त्रालयमा थन्किएर रहेको छ । पछिल्लो पटक सरकारले आग्रह गरेपछि निर्वाचन आयोगले आवश्यक परिमार्जनसहित २०८३ जेठ २२ गते पुन: निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो ।

यसरी तयार ‘निर्वाचन व्यवस्थापन विधेयक’को एकीकृत मस्यौदामा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था थप गर्ने गरी हालै निर्वाचन आयोगले यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

गृह मन्त्रालयमा पठाएको प्रस्तावबारे आयुक्त वाग्ले भन्छन्, ‘बाह्य मतदान र अन्तरजिल्ला मतदान चरणबद्ध रूपमा गर्ने गरी सुरु सकिन्छ ।’ उनका अनुसार कुनै एउटा निर्वाचनबाट गर्ने नभनेर जुनसुकै तहको निर्वाचनको सन्दर्भमा बाह्य मतदान र अन्तरजिल्ला मतदान गर्न सकिने कानुनी पक्ष, प्रावधिक पक्ष र व्यावहारिक पक्ष समेतलाई ख्याल गरेर गृह मन्त्रालयलाई सुझाइएको छ ।

यसअघि निर्वाचन आयोगले यस सम्बन्धमा आवश्यक कानुनी पक्षबारे अध्ययन गर्न वाग्ले र प्रविधि तथा प्रावधिक पक्षबारे अध्ययन गर्न डा. राजीव सुब्बाको नेतृत्वमा समिति नै बनाएको थियो । अध्ययनपछि आयोगले गृह मन्त्रालयमा आफ्नो राय पठाएको हो । जसमा आवश्यक कानुन र प्रविधि तयार भए आगामी स्थानीय तह र प्रदेशको चुनावमा परीक्षणका लागि निश्चित स्थानहरूमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्न सकिने उल्लेख छ ।

७५३ स्थनीय तह छन् । ७ हजार ६४३ वटा वडा छन् । जुनसुकै वडाको नागरिक मुलुकको जुनसुकै ठाउँमा रहेको अवस्थामा अन्तरजिल्ला मतदानको अधिकार पाए मतदानमा सहभागी हुन पाउँछन् । यस्तोमा व्यवस्थापकीय पक्षलाई ख्याल गर्न सुझाइएको छ । बाह्य मतदानको हकमा भने फिजिकल मतदानको सम्भावना कम रहेको आयोगको राय छ । आयुक्त वाग्ले भन्छन्, ‘विदेशबाट फिजिकल मतदान गर्न सम्भव नहोला । इन्टरनेट भोटिङ गर्न सकिन्छ ।’

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

३ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक