मङ्ल, कार्तिक ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विभिन्न स्थानमा हिमपातको जोखिम

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
विभिन्न स्थानमा हिमपातको जोखिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।

नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान छ । यसबाट आत्तिनु नपर्ने तर सतर्क भने हुनुपर्ने नेपाल मौसम विज्ञान विभागले जनाइएको छ । विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो ।

‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् । पछिल्लो पूर्वानुमानअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । यद्यपि, प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने पोखरेलले जनाइन् ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् । पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्ने उनको धारणा छ । मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उनले आग्रह गरिन् ।

धान काट्ने किसानलाई पनि सतर्क रहन आग्रह वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ । अहिले धान काट्ने समय भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने पोखरेलले बताइन् । धान काट्नुअघि मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचना र पूर्वानुमान हेर्न उनले किसानलाई आग्रह गरिन् । चक्रवातको अवशेषको गति, दिशा र तीव्रताअनुसार वर्षा हुने समय तथा प्रभाव फरक पर्न सक्ने भएकाले प्रणालीको निरन्तर अनुगमन आवश्यक रहेको उनको धारणा छ ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताइन् । पोस्ट–मनसुनमा वर्षा हुनु सामान्य मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य प्रक्रिया भएको पोखरेलले जनाइन् । नेपालमा अक्टोबर र नोभेम्बर सामान्यतया मौसम सफा रहने महिना भए पनि यही समयमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहन्छ ।

समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म आइपुग्दैनन् । तर, केही प्रणाली उत्तर वा उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुग्दा वर्षा गराउन सक्छन् । यस्ता प्रणालीले उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्ने उनले बताइन् ।

‘यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन,’ पोखरेलले भनिन् । जलवायु परिवर्तनले नयाँ मौसमी घटना मात्रै सिर्जना गर्ने नभई पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत प्रभाव पार्न सक्ने उनको धारणा छ ।

त्यसैले यस्ता मौसमी घटनाको नियमित अध्ययन र अनुगमन आवश्यक रहेको उनले बताइन् । आधिकारिक सूचना हेर्न आग्रह मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन मौसम विज्ञान विभागका आधिकारिक सूचना र सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न पोखरेलले आग्रह गरिन् ।

मौसमबारे फैलिने हल्लाका आधारमा त्रासमा बस्न नहुने तर सम्भावित जोखिमलाई बेवास्ता पनि गर्न नहुने उनको सुझाव छ । आधिकारिक पूर्वानुमानका आधारमा यात्रा, कृषि कार्य र अन्य गतिविधि तय गर्न उनले आग्रह गरिन् ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

दिन भरकाे यस्ताे छ माैसम

१ महिना अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

देशभर साधारणतया बदली रहने

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक